संस्मरणात्मक कविता
थाम्खर्कका नन्दलाल पुरुष छन् सहासी र
ज्ञानी ज्योतिष् चतुर ती ऐश्वर्यले सुभाषित ।
पुत्र, धन, अन्नादिले सम्पन्न ती परस्पर
माया बाँड्छन् रमाउँदै सक्रिय छन् निरन्तर ।।
नीति ज्ञान बुद्धिमता कुटी कुटी विधाताले
दिमागमा भरेछ कि ! दया गरिन् सुजाताले? ।
टक्कर दिने कुनै छैनन् वारीपारी चुनौति र
पासा थापी जित्न सक्ने तिनीलाई धुरन्धर ।।
लेकबेशी उपत्यका डाँडापाखा पखेरीमा
गुञ्जाउँछन् स्वर, श्लोक गाउँघर बझेरीमा ।
रमाउँदै सखाबन्धु साथीसङ्गी मित्रै जन
सँगै गाउँछन् वीरगाथा दर्शाएर आफ्नोपन ।।
पोखरेली तिनी रत्न टल्कँन्छन् ती रत्नैसरि
फैलिएको नाम ठूलो तिनैको छ वरीपरी ।
रङ्गकर्मी नभए नि कला तिन्मा नानाथरी
भरिएको भेटिन्छ लौ सिप कौशल बराबरी ।।
आलोचित स्वरै पनि सुनाउँथे यदाकदा
तिनै स्वर हराउँछन् बताउँथे सामु छँदा ।
के अर्थ छ मुख नाप्नु? ओढी सिरक् ओछ्यानमा
तिनै भन्थे शेषान्तमा दोष फ्याँकौ रछ्यानमा ।।”
सुन्दै घुम्यो वाल्यकाल यारीबेशी ठूलो फाँट
सक्दैनथ्यो रहर् उठ्ने आफैँ गरीकन आँट ।
दिन वर्ष बित्दै गए किशोर्वय शुरु भयो
नायकको अझै याद मनभित्र गडी रह्योे ।।
संयोग हो या लौ भाग्य? एक दिन अचानक
द्यौरा सुरुवाल टोपी जवारीमा टकाटक ।
झुल्किनु भो ती नायक मेरै घर आँगनी पो
थियो जेठ माश अनि समय हो विहानीको ।।
दलानमा ओछ्याएर राडी मैले सफासित
गरेकोथेँ स्वागत् अनि परिचय उहाँसित
सोध्दै मेरा पिताजीको हालचाल के छ भनी?
सुध्याउँनु भएकोथ्यो के गर्दैछौ तिमी अनि ?।।
बताएथेँ घरै बसी कुर्दैछु म परिणाम
प्रवेशिका परीक्षाको बनेको छ त्यही धाम ।
सिकी विद्या ज्योतिषको रेखा कोर भविष्यको
भन्नुभाथ्यो म सम्झन्छु भाग्य हेर मनुष्यको ।।
शिरोपर गरी आज्ञा केही दिन पछिबाट
म आउँछु भनेकोथेँ सक्छु भन्ने थियो आस ।
जुरेन त्यो अवसर, तिथि मिति बित्दै गए
गयो मौका नपर्खेर ज्योतिष्विद्या पर भए ।।
आवश्यक्ता थरीथरी मानिसका नजानिने
खेले पनि कुरा आदि वाधा थिए नटारिने ।
कैले खेत गरा डिल कुलो गरी बिती जाने
दिन कैले बिराएर भर्नु थियो पेट माने ।।
परिस्थिति अनुकूल चल्नु हाम्रो वाध्यता हो !
या हो धर्म मनुष्यको ! म जान्दिन के सत्य हो?।
दिनचर्या जागीरको खोजीसँगै फेरिन गो
कार्यक्षेत्र बदलियो सेवादायी शिक्षकको ।।
छिमेकी हो नजिकैको ठानागाउँ छ सुन्दर
विद्यालय थियो त्यहाँ विद्याको त्यो त मन्दिर ।
नियुक्ति भो मलाई नै अधिकारी बनाएर
पठाइयो फकाउँदै नजिकै छ तिम्रोे घर ।।
उपस्थिति जनाउन जाँदा थियो रित्तो घर
सोधखोज गरी मैले लगाउनु थियो पार ।
सार्ने मैले अनायाश विद्यालय निधो गरेँ
मिलाएरै समाजको स्वीकृतिस्वर् जुटी हालेँ ।।
हल्ला चल्यो फलानाले ठकुरीको विरुद्धमा
कार्य ग¥यो भलो हुन्न हुन थाल्यो आलोचना ।
सुनी कुरा नन्दलाल चासोसँग खोजी गरी
आइ भेट्नु भयो आपैंm थुम्की गाउँ तल झरी ।।
को हो मास्टर् भनेको त ! भतिज नै रहेछ पो
भन्नुभयो किन बाबू ! नियम नै मिचेको हो ?।
नमिच्नुमै भलाई थ्यो मिचिसके पछि अब
कहाँ राख्ने विचार छ ? सहमत बनुन् सब ।।
मान्छे सानो भए पनि ठूलै मुटु गराएर
आएका छौ तिमी बाबू ! काम हुन्न डराएर ।
होस गर्नू सबै आफ्ना हुन्नन् आफ्ना सबै तर
विश्वासमै टिकेको छ आफ्नै मान्नू गाउँघर ।।
बस्छौ कहाँ ? कसो गरी ? सक्छौ भने मेरै घर
जाऊँ हिँड उतै बस तलमाथि सधैँ गर ।
साना भाइहरू सिक्लान् तिमीबाट पनि ज्ञान
तिमी पनि सिकौला नि ज्योतिषका कुरा मान ।।
गर्दिन म कुनै कर खुसी तिम्रो तिमी जान
कल्याणमा जुटेका छौ कर्तव्य के ? खुदै छान ।
घोरिएँ म केहीबेर ससम्मान बडाबाको
कुरामाथि मन जोती खोजी गर्दै निकासकोे ।।
आदरले झुकी मैले किन खोजौं सम्पन्नता ?
भनेँ यहीँ देखेँ सेवा गर्नुमा छ प्रसन्नता ।
दुष्टहरू हुनसक्छन् जताततै विवेकको
खाँचो हुन्छ भनी धाप दिनुभयो सुयशको ।।
विदा लिई सबैसित जो जो थिए समिपमा
चढ्नुभयो उकालीमा हामी पर्यौँ रमितमा ।
जाँदाजाँदै सुनाएर काम गर्दाखेरि बाबू !
भन्नुभयो बुझ काल नभनेर ठूलो सानू ।।
गुन्जिन्छ लौ अझै पनि स्वर मीठो नजिकमा
प्रतिध्वनि बनेर त्यो मेरो भोग भोगाइमा ।
त्यहाँपछि पनि त्यही गाउँ बस्ती घुमी मैले
भेटेँ कतै भावनामा प्रत्यक्षतः रमी कैले ।।
सम्वतको सहस्राब्दी बत्तीस् साल पुस वीस
देखि चौतीस् असार सम्म बसेँ त्यहाँ मजासित ।
पाएँ सल्लाह र ज्ञान दिग्दर्शन भए धेरै
पुज्यनीय बडाबाको मौका हो कि भाग्य मेरै ।।
सरुवा भो बगाहामा हिँड्ने बेला खोजेँ मैले
भेट्न तर सकिएन सम्झनामा रह्यो ऐले ।
पmेरी मौका जुरेन लौ भेटी सिक्ने कुनै ज्ञान
गाँस वास कपासकै जोहोमा गो सबै ध्यान ।।
मौका छोप्न नजान्नेले पछुतोमा परी सधैँ
बाँच्नुपर्छ सुनेकोथेँ सुन्दैछु म त्यही अझै ।
के सत्य हो ? म जान्दिन मै मुर्ख छु अनाडि र
अज्ञानी छु अभिभारा छुट्ट्याउने जान्नेकै छ ।।
सम्झन्छु म निरन्तर सिकाउँने प्रयाश त्यो
ज्योतिष बिद्या बडाबाको मेरोलागि दुर्लभ भो ।
मान्दिन म पछुतो त तर मौका गुमाउँदा
दुःख चाहिँ हुने रैछ सम्झँदा त्यो कताकता ।।
सकिँदैन अब भेट्न उहाँलाई कसैगरी
सम्झनामा सजाएर भेट गरौं उसैगरी ।
आग्रह र बुझाइमा उहाँप्रति भावाञ्जली
शव्दगुच्छा चढाएर अर्पण गर्छु श्रद्धाञ्जली ।
०००
वीरेन्द्रनगर–४ सुर्खेत
मणिकुमार पोखरेल |

No comments:
Post a Comment