म सानो छँदा त्यस्तै ६/७ वर्षको हुँदोहुँ अलिअली सम्झना छ । सवैले थामखर्के भनेर नाम लिईरहन्थे ।
गाऊँघरमा थामखर्के नामको गहिरो छाप परेको थियो । वाक्लोगरि लिईरहनु पर्ने नाम जस्तो भएको थियो । सायद त्यहीकारणले होला मेरो वालमष्तिस्कमा गहिरो छाप परेको थियो । थामखर्के भन्ने मानिस ठुलो मानिस रहेछ भन्ने जस्तो लाग्थ्यो । मलाई अलि अलि सम्झना छ वेला बेलामा हाम्रो गाऊँघरमा आईरहनु हुन्थ्यो जसको घरमा आउदापनि सवैले सम्मान सत्कार गर्थे मेरो वाजे मेरो (मातृभाषामा बाजेलाइ (काप्टु) भनिन्छ) रुद्रलाल राईलाई भेट्न आईरहनुहुन्थ्यो । मेरो वाजेको परिवार भन्नाले हाम्रो परिवार सँग राम्रो सम्वन्ध थियो । कारण के थियो त्येसवेला मलाई थाहाभएन तर पछि उमेर वढ्दै गएर ज्ञान छिप्पिदै गएपछि मात्र थाहाभयो उँहाको जेठि श्रीमती तर्फको छोरासँग मेरो ठुलो वुवा मेरो मातृभाषामा ठुलो वुवालाई (डुम्वा) तिप्पा भनिन्छ वल्नशेर राईले मित लगाउनु भएको रहेछ र मितेरी साईनो गासियको रहेछ त्यहिकारणले पनि हाम्रो विचमा घनिष्ठ सम्वन्ध कायम हुन गएको रहेछ । हाम्रो रु उहाँको परिवारको विचमा प्रमपुर्ण र सदभावपुर्ण सम्वन्ध थियो । मलाई सम्झना हुन्छ कसैले थामखर्के वाजे वा थामखर्के वा भन्थे भने कसैले कान्छा वाजे वा कान्छा वा पनि भनेर सम्वोधन गर्र्थे उहाँको नाम नन्दलाल पोखरेल भनेर पछि ठुलो भएपछि मात्र थाहा भयो मलाई, नत्र थामखर्केनै नाम रहेछ भन्ने छापरेको थियो । उहाँको लवाई ,पोसक सधै एकै खालको हुन्थ्यो सेतो रँगको खादि वा खाडि को दौरासुरुवाल सेतो खादिको टोपीमा कालोरङको जवारिकोट उहाँको सदावहार पोसाक हो । मलाई थाहा भए सम्म त्यो भन्दा फरक खालको पोसक लगाएको मैले कहिले देखिन र खानामा कस्तो खाना मन पराउनु हून्थ्यो भन्ने मलाई खासैजानकारी नभएपनि चिया वढि पिउनुहुन्थ्यो मँसाहरी भएपनि दहि दुध घ्यूउ वढि मन पराउनु हुन्थ्यो जस्तो लाग्छ र गुलियो ज्यादा मनपराउनु हून्थ्यो। पुरानो युगको मानिस भएको हुँदा धर्म, सस्कार, सास्कृति प्रति र परम्परागत रुपमा चलिआएको चलन र मान्यता प्रति कट्टर हुनुहुन्थ्यो । त्यसकारण गाऊँघर डुल्दा खाना पकाउनको लागि एकजना भन्से लिएरै हिड्नु हुन्थ्यो । उहाँ गाऊघरमा डुल्दा घुम्दा होस या अन्य समयमा पनि जुनसुकै वखत २÷४जना मानिसले उँहालाई पछ्याई रहेको हुन्थ्यो । मेरो वाल मष्तिस्कमा परेको ठुलो मानिसको छापले पछि उमेर वढ्दै गएर ज्ञान छिप्पिदै गएपछि मलाई जिज्ञासु वनायो के कारणले समाजले थामखर्केलाई ठुलो मानिस मान्छ श्रद्धा सम्मान गर्छ भनेर, पछि विस्तारै विस्तारै थाहा हुदै गयोकि समाजले थामखर्केलाई आदर सम्मान गर्नु पर्ने कारण हाम्रो जस्तो पछौटे गरिवी समाजमा गाउघरमा कसैलाई झोकमारीको समस्या पर्यो र भोकमारी टार्न धान, मकै,कोदो जस्तो अन्न चाहियो भने थामखर्के चाहिने, कसैलाई चाडवाड आयो भने चाडवाड मनाउने खर्च जुटाउनलाई थामखर्के चाहिने, कसैलाई दुहुनो भैसी , गाई ,हलगोरु खसि वाख्रा जस्ता चौपाय वस्तु चाहियो थामखर्के चाहिने, कसैलाई जग्गा जमिन किन्नुप¥यो रुपैयाको आवश्यक पर्यो भने थामखर्के चाहिने कसैलाई छोरा छोरीको विवाह वर्तवन्ध गर्नु पर्यो खर्चको व्यवस्थाको लागि थामखर्के चाहिने, कसैको घरमा पुराण ,लघु ,कृतन,पुजा आज लगाएत अन्य धार्मिक कार्य गर्नु पर्यो भने खर्चको जोहोको लागि थामखर्के चाहिने, यहाँसम्मकि कसैको घरमा मृत्यू पर्दा पनि मृत्युसंस्कार गर्नलाई खर्चको आवश्यक पर्यो भने थामखर्केनै चाहिने, भने पछि हरेक प्रकारको व्यवहारिक समस्या टार्न र व्यवहार चलाउन थामखर्के नै चाहिने विवसता र वाध्धेता थियो । त्यतिमात्र नभएर ज्योतिष सम्वन्धि सपुर्ण काम जन्मदेखि मृत्यु सम्मको जिवन कर्मको लागि ज्योजिसिय परामर्स सेवाको लागि त थामखर्केको विकल्पनै थिएन त्येति मात्र पनि होईन कसैलाई कानुनी समस्या प¥यो झैभगडा मुद्धा मामिला प¥यो भने पनि थामखर्के नै चाहिने निर्वाचनको वेला उमेदवार चाहियो भने सहयोग माग्न थामखर्केको सरणमा पुगेको हुनुपर्ने थामखर्केकै सहयोग चाहिने यद्यपि आफुले कहिले चुनाब लड्न भएन र कुनै सार्वजनिक पदधारण गर्नु भएन जस्तो लाग्छ मलार्ई थाहाभए सम्म , भने पछि एउटा मानिस जीवनको विविघ र वहुआयमिक पक्षसंग थामखर्केको नाम जोडिन पुगेको थियो । त्येसकारण समाज र सामाजिक जनजिवन र थामखर्के एकअर्काको परिपुरक जस्तो थियो समाज र थामखर्केको विचमा प्रगाड अनि अभिन्न नङ र मासुको जस्तो सम्वन्ध थियो । अहिले मलाई के लाग्छ भने थमखर्के हजुरवाले त्येसवेलाको सामय, काल , परिस्थिति सामाजिक परिवेस र भौगोलिक अवस्था अनुसार समाजको ठुलो सेवा गर्नुभएको थियो । एउटै पाटो वा पक्षवाटमात्र होईनकि धेरैवटा पाटो वा पक्ष वाट समाजको सेवा गर्नु भएको थियो जुन समाजका लागि अनुकरणिय र प्रेरणा दाई छ उहाँमा एउटा विलक्षण प्रतिभा थियो जुन की जन्मजात लिएर आएको हुन पर्छ । विलक्षण प्रतिभा र क्षमता सब कोहि संग हँुदैन अत्येन्त थोरै मानिसमा मात्र हुन्छ जुन जन्म जात लियर आएको हुन्छ भन्ने भनाई छ । विश्वास गरौ वा नगरौ त्यो आप्mनै ठाँउमा छ ।
मैले किन विलक्षण प्रतिभा भनेको भने उहाँले औपचारिक शिक्षा लिएको होईन स्वअध्यान मात्र गरेको हो जस्तो लाग्छ तर ज्ञानको खानिनै हुनुहुन्थो । किनकी एउटा क्षत्रको मात्र ज्ञान नभएर धेरै वटा क्षत्रको ज्ञान थियो औपचारिक शिक्षाको उच्च शिक्षा प्रप्त गरेको व्यक्ति भन्दा कम ज्ञान उहाँमा थिएन । हुनसक्छ प्रमाण पत्रीय कितावी ज्ञान थिएन होला तर मानिसको यावत जीवन पद्धतिसंग गासिएको जीवनोपयोगी व्यवहारिक कलायुक्त सार्थक ज्ञान थियो । हुनत आम मानिसको धारणा विश्वास र मान्यता केछ भने सर्टिफिकेट वाला ज्ञान मात्र ज्ञान हो अन्यथा ज्ञान होईन , होला जागिर खानका लागि जिविको पार्जको लागि र व्यक्तित्व विकासको लागि सर्टिफिकेट वाला ज्ञान अपरिहार्य छैन तर वास्तवमा ज्ञानकै लागि चाहि सर्टिफिकेट नै चाहिन्छ भन्ने रहेनछ । अथवा सर्टिफिकेट नै ज्ञान हो भन्ने होईन रहेछ त्यो गलत धारणा रहेछ किनकी देश र दुनियामा ठुला सर्टिफिकेट नभएका मानिसपनि थुर्पै क्षेत्रमा सफल भएका छन ठुला ठुला असाधारण काम गरेका छन । अधभुत क्षेमता र साहस देखाएका छन, असल काम गरेका छन र ठुला मान्छे वनेका छन । राम्रो आसल काम गर्नलाई सर्टिफिकेट नै चाहिन्छ विद्धवान नै हुनुपर्छ भन्ने रहेनछ । हामिले भोगेको देखेको सुनेको पढेको थुर्पै उदाहरणहरु छन । हो त्येहिनै होला विलक्षण प्रतिभा या विशेष प्रतिभा अथवा क्षेमता भनेको जो सवकोहि सँग हुदैन अत्यन्त कम मानिस संग मात्र हुन्छ । जसले आफ्नो जिवनमा त्यो प्रतिभा र क्षमाता देखाएको हुन्छ ।
उहाँमा पुर्वीय दर्शन,कला,साहित्य,सास्कृति,सस्कारको धेरै राम्रो ज्ञान थियो वैदिक सनातन (हिन्दु)धर्म सास्त्रका ज्ञाता हुनुहुन्थ्यो भने ज्योतिष सास्त्रका प्रकान्ड विद्धवान हुुनुहुन्थ्यो । मलाई लाग्छ तत्कालीन अवस्थामा उहाँ संग तुलना गर्न सकिने ज्योतिष देशमै सायद विरलै थियो होला किनभने गाउँ घर समाजमा त्येस्ता थुर्पै दिृष्टान्तहरु छन जुन उहाँले भबिस्यवाणी गेरेको कुरा थुर्पै मिलेको छन । यहाँ सम्मकी मिलेका चिना रहेछन भने मानिसको मृत्युको समय सम्म ठ्याक्कै मिलाउन सक्नु हुन्थ्यो भन्ने समाजको दृढ विस्वास थियो त्येस्तै कुनै गर्भवती महिलाले के जन्माउछिन भनि भबिस्यबाणी गरिएकोकुरा पनि ठ्यक्कै मिलाउन सक्नुहुन्थ्यो भन्ने पनि समाजको दृढ विस्वास थियो किनभने समाजमा घटेका थुर्पै त्येस्ता घटनाहरु छन जुन अकाट्य र सत्य साबित भएका छन । समाजमा देखिएको भोगिएको घटित प्रामाणिक घटनाहरु छन जुन विस्वासका ठोष आधार हुन । उहाँका ज्योतिष ज्ञानवाट समाजका थुर्पै मानिसहरुले धरैभन्दा धरै लाभ उठएका छन । उहाँमा हस्त रेखा सम्वन्धि ज्ञान पनि थियो र तान्त्रीक ज्ञान पनि थियो सायद धेरै मानिस हरुलाई थाहा नहुन सक्छ । किन भने उहाँले दुवै ज्ञानलाई वाहिर देखाउन चहानुभएन तर ज्ञान थियो । अर्को प्रतिभा के थियो भने उहाँ मनोबैज्ञानिक हुनुहुन्थ्यो । अरुको मनको कुरा बुझ्न सक्नु हुन्थ्यो जोकोहि मानिसलाई भेट्नासाथा उसले आफुप्रति कस्तो भावना वनाएको छ के सोचेको छ कस्तो व्यवहार गर्दैछ भन्ने कुरालाई वुझेर आफुले उसप्रति कस्तो व्येवहार गर्नु पर्नेहो के वोल्नु पर्ने हो वा केगर्नु पर्ने हो त्येहि अनुसारको व्यवहार वोलिचालीर संवन्ध वनाउनुहुन्थ्यो । कोहि मानिस क्रोधमा आएर आफुलाई दुरर्ववहार गर्ने अवस्थामा रहेछन भने पनि आफ्नो अगाडि आएपछि वसमा पारि हाल्ने कला र क्षमता थियो । चतुर र कुटनितिक कौसलले निपुण हुनुहुन्थ्यो । गजवको कुरात के थियो भने विना डिग्री र विना प्रमाणपत्रको कानुको राम्रो जानकार हुनुहून्थ्यो । तत्कालीनमिुलुकी एैन हाल संम्सोधन भएको छ कानुनि संहिता लगायत प्रचलित कानुनका जानकार हुनुहुन्थ्यो । कसैलाई कानुनि समस्या प¥यो भने उहाँको सरणमा पगेको हुन्थ्यो र पुग्नुपथ्र्याे । कसैलाई अदालतमा मुद्धा प¥यो भने कानुनी साहेताको लागि उहाँको सरणमा परेपछि उहाँले सहयोग गरेको पक्षले असर गरेर मुद्धा जित्थ्यो र अपवादमा मात्र मुद्धा हाथ्र्यो नत्र अपवाद वाहेक मुद्धा हुराउनु पर्नेलाई हराउने र जिताउनु पर्नेलाई जिताउने क्षमता राख्नुहुन्थ्यो । त्येसोत उहाँ वेला मौकामा छुच्चो काम पनि गर्नु हुन्थ्यो अवस्था अनुुसार विरोधिलाई मुद्धा लगाई कानुनी झमेलामा फसाई तह लगाउने कानुनको खेलाडी हुनुहन्थ्यो । त्येसैले समाजमा काननुका ज्ञाता र कुसल खेलाडिको रुपमा स्थापित हुनुहुन्थ्यो । उहाँको एउटा विशेषता थियो विरोधि संग कहिले नदव्ने नझुक्ने र सम्झौता नगर्ने विरोधिलाई तह लगाउने अचुक अस्त्र प्रयोग गर्ने कला र क्षमता थियो । विरोधिलाई पहिला कुटनितिक कला प्रयोग गरि आफ्नो वसमा पार्ने र वसमा नपर्नेलाई साम,दाम,दन्ड,भेद को निति प्रयोग गरि तह लगएरै छाड्ने क्षमता राख्नु हुन्थ्यो । वेला मौकामा मानिसलाई उल्लु र मुर्ख वनाउने वेजोड कला र क्षमता पनि थियो ।
पुराना पाका मानिसहरुको भनाई अनुसार लगभग ७०/८० वर्ष पहिला एक प्रकारको सामन्ती युगमा खासखास भौगोलिक क्षेत्रमा नाम कहलिएका चल्ताफिर्ता ठालुहरु हुन्थेअरे । एकले अर्कालाई नटेर्ने नगन्ने कोभन्दा कोकम त्यो झन्दा म के कम भनरे अहम भाव राख्ने एकलेअर्कालाई होच्याउनु पर्ने सानो पार्नु पर्ने वेकामे देखाउनु पर्ने र जसरीपनि आफु श्रेष्ठ माथी देखीनु पर्ने वुद्धि,वल ,धन शक्ती माथील्लो तहमा हुने पहुँच या सामाजिक प्रभाव र प्रभुत्व मध्ये कुनै न कुनै कारणले आफुठुलो हुनु पर्ने आफुठुलो देखिनै पर्ने हुन्थ्यो हरे त्येस्तो समयमा पनि वौधिक क्षमता र चतु¥याईका कारण उहाँ कुनै ठालुहरु संग कहिलै तल पर्नु भएन अरे दव्नु भएन अरे भनेर पुराना पाका मानिसहरुले तारिफ गर्ने गर्थे । ठालु प्रथाको अवशेष पछी सम्मपनि वाकी रहेकै छ र अहिले पनि पुर्ण रुपमा समाप्त भईसकेको छैन ।
जीवन हारजित सफल /असफल दुख्ख सुख्खको संयोग हो । हारजित सफल /असफल दुखसुख भईरहन्छ यती हो । आफ्नो समयर सामथ्र्यको कसिमा कसैले धरै हार्छ थोरै जित्छ कसैले धरै जित्छ थोरै हार्छ कोही हारेर पनि जितीरहेको हुन्छ भने कोहि जितेर पनि हारिरहेको हुन्छ । आफ्नो कर्मशीलता सामाजिक कर्तव्य दायित्व वोधका कारण उहाँले जितेर मात्र होइन हारेर पनि जितिरहनु भयो ।
त्यति हुँदाहुँदै पनि प्राकृतिक सिद्धान्तका आधारमा मानिस हुनको नाताले हरेक मानिसमा कमजोरी भएझैँ उहाँमा पनि कमजोरीहरू थिए । मानिसमा कमजोरि हुँदैन भनियो भने मानिसको देवत्वकरण गर्न खोजिएको हुन्छ । वनिवनाउ कुरा हुन्छ र अतिसयोत्तिपुर्ण हुन्छ । सत्यभन्दा पर हुन्छ। आखिर सत्यसत्य नै हुन्छ ।
उहाँको जीवनकालमा गर्नुभएको कर्मको आधारमा उहाँको जीवन व्यत्तित्वलाई समग्रतामा नियाल्दा एक कर्मसिल समाजसेवी वहुमुखि प्रतिभाका धनि हुनु हुन्थ्यो औसत मानिस भन्दा फरक हुनुहन्थ्यो । वस्तुत समयकाल परिस्थीती , सामाजिक परिवेश र अवस्थाको सापेक्क्षतामा उहाँको जीवन सफल र सार्थक मान्नु पर्छ त्येस अर्थमा उहाँको जीवन ब्याक्तित्व अनुकरणीय र प्रेरणादायी छ ।
ताप्ली ५ कुमाल्टार उदयपुर
No comments:
Post a Comment