१) सोमनाथ (बि.सं. ५२०) [आत्रेयहरूका मूल पुरुष ]
।
२) रंगनाभ (बि.सं. ५५८ )
।
३) पुरनाभ (बि.सं. ५९४ )
।
४) ब्रम्हनाभ (बि.सं. ६३१ ) ।
।
५) प्रसरनाभ ( बि.सं. ६८० )
।
६) भीमदेव ( बि.सं. ७१८ )
।
७) पूर्णदेव ( वि.सं.७५६ )
।
८) देव शर्मा ( वि.सं.७९१ )
।
९) कश्यप देव ( वि.सं.८३५ )
।
१०) विकुशभद्र ( वि.सं.८५६ )
।
११) हरिशंकर ( वि.सं.८७७ )
।
१२) शिवशंकर ( वि.सं.८९७)
।
१३) विकुशभद्र ( वि.सं.९२० )
।
१४) कुशभद्रा ( वि.सं.९५० )
[ प्रसिद्ध भाषाशास्त्री बालकृष्ण पोखरेलले तयार गर्नुभएको वंशावलीमा उल्लेख हुनुभएका कुशभद्रा, पोखरेलका अन्य बंशावलीमा काशीदासका नामले प्रसिद्ध छन् ]
[ प्रसिद्ध भाषाशास्त्री बालकृष्ण पोखरेलले तयार गर्नुभएको वंशावलीमा उल्लेख हुनुभएका कुशभद्रा, पोखरेलका अन्य बंशावलीमा काशीदासका नामले प्रसिद्ध छन् ]
आत्रेयहरूको ऐतिहासिकता पहिल्याउने क्रममा सोमनाथ आत्रेय (वि.स.५२०) लाई आत्रेयहरुका ऐतिहासिक मूल पुरुष मानिएकाे छ । [४]। [५] अब आत्रेयहरू वंशावलीको सोपान चढ्दैसोमनाथसम्म पुग्नसक्ने भएका छन् । यस कार्यबाट पानी पोखरेललाई मात्र होइन आत्रेय गोत्र धारण गर्ने सबैलाई आआफ्नो वंशावलीमा जोड्न सरल भएकोछ ।
सोमनाथ आत्रेयको जन्म वि.स. ५२० तिर कर्णाटकको मैसुरमा भएको थियो । यिनी प्रतिहारवंशी गौर्जर ब्राह्मण थिए । यिनी निकै धनवान् थिए । यिनले गुजरातको सौराष्ट्रमा सोमनाथको भव्य मन्दिरबनाएका थिए र त्यसमा ज्योतिर्लिङ्गको स्थापना गरेका थिए । काबेरी नदीको बायाँ किनारमा ‘सोमनाथ पुरम्’ नामक नगर पनि यिनैले बसालेका थिए । यिनी ज्योतिर्लिङ्गको नित्य पूजा गर्ने गर्थे (पौडेल वंशावली २०६०ः १८) ।
यसरी ‘सोमनाथ’ आत्रेयहरूका ऐतिहासिक मूलपुरुष ठहरिएका छन् भने ‘पानी पोखरेल’का मूलपुरुष काशीदास/कुशभद्रा (वि.सं.९५०) ठहरिएका छन् । काशीदासको ऐतिहासिकतालाई पुष्टि गर्ने केही तथ्यहरु निम्ननुसार छन् :
- काशीदास कन्नौजका राजा भएको र अलाउद्दीन खिल्जीले गद्दीबाट हटाएपछि बाहुनको भेष लिएर नेपाल पसेका थिए (मल्ल, २०३५) ।
- काशीदासका सन्तानले सोह्रवटा वाइसी राज्यमा राज्य गरेको पाइन्छ । केही चौबिसी राज्यमा पनि काशीदासका सन्तान राजा भएको प्रमाण भेटिएका छन् । ( सुवेदी, २०४५) ।
- काशीदासको साइनो कन्नौजका राजा ‘सोमवंशी राइठुर’हरूसँग थियो (नरहरिनाथ, २.१ः३६४) ।
- जाजरकोटे राजाको वंशावली, सोम वंशावली, सल्यानी राजाको वंशावली, अर्ज्याल वंशावली र गोतामे वंशावली अनुसार पनि नेपालका सबै अत्रि र आत्रेय गोत्र हुने रैती र राजाका मूल पुर्खा कन्नौजबाट आएको पुष्टि हुन्छ (डा.पोखरेल, २०५७) ।
- पानी पोखरेलका पुर्खा काशीदास नेपाल पस्नमा कन्नौजमा मुसलमानको आक्रमण नै कारण थियो (पोखरेल, कृष्णचन्द्र, २०४२) ।
- काशीदास कन्नौजबाट जुम्ला आएका हुन् । उनी षट्शास्त्रका ज्ञाता थिए (डा.सुवेदी, २०५४) ।
- मुसलमान गजनवीको बनारससम्मको आक्रमणले जर्जरित भएर प्रतिहार साम्रज्य ध्वस्त हुँदा कन्नौजका राजकुमार हिमालयमा शरण लिन पुगे (सांकृत्यायन, १९४८ ई. ।
- नेपालमा अत्रि र आत्रेय गोत्रधारी बाहुन, क्षेत्री (ठकुरी समेत) मगर, चन्द्रवंशी, राजा आदि काशीदास कै सन्तान हुन् । [६]
- काशीदास नेपाल आउँदा जुम्लामा आनन्द मल्ल र रिपु मल्लको शासन थियो, त्यसैले काशीदासले ती दुईमध्ये एकजना राजालाई भेटेको हुनुपर्छ र काशीदासको योग्यताबाट प्रभावित भएर राजाले उनलाई आफ्नी छोरी दिएर ठाकुरजी लेकदेखि दक्षिणतिर शासक बनादिए । [७]
- चित्तौरका अन्तिम राजा रत्नसिंह राठौर वंशका थिए । मुसलमानको अत्याचार सहन नसकी रत्नसिंहले पनि आफ्नो नाम ‘काशीदास पाध्य’ राखेर आफूलाई देववर्मा पाध्यका वंशज भन्ने चिनाएर मानसरोवर कैशाल पर्वतको तीर्थयात्रा गर्न भनी हिंडे । यसरी उनी जुम्ला आइपुगे, त्यहाँका राजालाई भेटे, आफ्नो सबै कहानी सुनाए र प्रभावित बनाए । [८]
- रन्तसिंह (रत्नज्योति वा काशीदास पाध्य) जुम्ला राज्यमा अचानक देखा परे, कैशाल पर्वत र मानसरोवरको दर्शन गरे, दूधपोखरी, पानीपोखरी भर्नमा आफ्नो प्रतिभा पनि देखाए र जुम्लाकी राजकुमारी बिहे पनि गरे । उनको रहस्यमय सफलताले गर्दा त्यस क्षेत्रको लोकपरम्पराले उनैलाई जालन्धरी वा औतारी राजा भन्न थाल्यो । [९]
- काशीदास नाउँका चन्द्रवंशी व्यक्ति षट्शास्त्रका ज्ञाता, वेदादिमा पारङ्गत र थु्प्रै चेलाहरुले सुशोभित थिए । उनी कन्नौज मुसलमानद्वारा आतंकित भएको देखेर यस ठाउँमा बस्न ठिक छैन भन्ने ठानी आफ्ना चेला साथ लगाएर साउन महिना लाग्दा सिजापति राजाका राज्यमा उल्मुख जात्रा चलिरहेको बेला त्यहाँ पुगेर राजाको मान र वृत्ती पाएर बसे । [१०]
- १५. “काशीदास भट्ट पोखरेल थरका मूल पुरुष हुन्” । [११]
- ↑ सम्पादक मण्डल (२०६०), पौडेल वंशावली, चितवन : आत्रेयवंश अनुसन्धान प्रतिष्ठान
- ↑ पोखरेल, बालकृष्ण (२०६५), जतनपुरे पानी पोखरेलको वंशावली, विराटनगर : लेखक ।
- ↑ शिवपुराण वायवीय संहिता पूर्वखण्ड (१७ : ३०,३१,३२,), गोरखपुर : गीताप्रेस
- ↑ ------- (२०६५), जतनपुरे पानी पोखरेलको वंशावली, विराटनगर : लेखक
- ↑ .... (२०६०), पौडेल वंशावली, चितवन : आत्रेयवंश अनुसन्धान प्रतिष्ठान
- काठमाडौं : मध्यमाञ्चल ↑ पोखरेल, डा.माधवप्रसाद (२०५६), काशीदासको ऐतिहासिकता,
- ↑ बज्राचार्य, धनबज्र (२०२८), कर्णाली प्रदेशको ऐतिहासिक रूपरेखा .
- ↑ ऐजन, ऐजन (२०५६), काशीदासको ऐतिहासिकता, काठमाडौं : मध्यमाञ्चल
- ↑ नरहरिनाथ, याेगी (२०१३), इतिहासप्रकाश, काठमाडौं : इतिहासप्रकाश मण्डल ।
- ↑ पं.वाणीविलास ज्योतिर्विद, सल्यानी राजाको वंशावली
- ↑ ऐजन, ऐजन(२०६०), पौडेल वंशावली, चितवन : आत्रेयवंश अनुसन्धान
१५) जयाकर ( वि.सं.९८० )
।
१६) शिवदास ( वि.सं.१००५ )
।
१७) विश्नुदास ( वि.सं.१०३० )
।
१८) जयदास ( वि.सं.१०५५ )
।
१९) दिवोदास ( वि.सं.१०७७ )
।
२०) धर्मदाश ( वि.सं.११०० )
।
२१) देवाखर ( वि.सं.११२४ )
।
२२) सेवाकर ( वि.सं.११५३ )
।
२३) शेखर ( वि.सं.११८० )
।
२४) ओमकार ( वि.सं.१२२० )
।
२५) रघुनन्दन ( वि.सं.१२४२ )
।
२६) भास्कर ( वि.सं.१२६५ ) का छोराहरू मध्ये एक भाइका सन्तान लुभु, खुर्कोट, कटुञ्जे, सिस्नेरी, सुन्दरीजल तिर फैलिए ।
।
२७) कपिलदेव ( वि.सं.१२९० )
।
२८) जगतानन्द ( वि.सं.१३१५ )
।
२९) जगतमणि ( वि.सं.१३४० )
।
३०) दुर्गादास ( वि.सं.१३७५ )
( दुर्गादासका छोराहरु मध्य कृष्णानन्दका सन्तान जतनपुर, धनकुट्टा, सिम्पानी तर्फ फैलिए भने विष्णुदासका सन्तानहरु खार्पा, माम्खा , चार्खु र छप्कि तर्फ फैलिए )
।
३१) कृष्णानन्द ( वि.सं.१४१० )
।
३२) रामानन्द ( वि.सं.१४६० )
।
३३) जगतानन्द ( वि.सं.१४९० )
।
३४) परमानन्द ( वि.सं.१५३७ ) ( परमानन्दले आफ्नो छोरा दण्डपाणि लाई लिएर दैलेखको पोखरेबाट लम्जुङ्गको दरवारमा पण्डित हुन पुगे )
।
३५) दण्डपाणि ( वि.सं.१५६८ )
परमपाध्या थिए बिद्वान राजाका राजगुरु पनि ।
लमजुङ्गका राजा खुसीभै दिए बिर्ता गुरु भनी ।।
जिल्ला लमजुङ्ग दुर्छाकोट दुर्छागाउँ सिमलचउर् ।
नागेश्वोर डिहीव्यासी झाक्रो खनु होस्मीचउर् ।।
मूलबाटो उँभो भोगगर्नु गौखोला अलैंचीबारी ।
तीन समेत बितलव पाए आफ्ना पराक्रमले गरि ।।
दुर्छाकोट लेख थियो, कछाड दुर्छा सिमलचउर् ।
गौखोला पानीघाट थियो, डिही ब्यासी नागेश्वोर ।।
गौखोला नाम परिवर्तन मिर्दुमखोलाकन भनी ।
भन्छन नागेश्वोर व्यासीलाई पोख्रेल्नी बज्यैको डिही ।।
पानी पोखरेलको बस्ति सिमलचउर् दुर्छागाउँमा ।
अलैचीबारी नागेश्वोर, घरैघर डिहीसम्ममा ।।
परमपाध्याका छोरा एक दण्डु पाध्या थिए भला ।
बंसिधर पाध्या जन्मे एक सुत दण्डु पाध्याका ।।
बंसीका पनि छोरा एक बशिष्ट नामका गुणी ।
बशिष्टमा सुकदेव पाध्या एकमात्र सुत छन् उनि ।।
सुकदेवकी श्रीमती मेनुकावती नामले ।
चिन्दथे जनम लिए पुत्र एक शिवहरिले ।।
शिवहरिका पत्नी पार्वता र दिव्यश्वरा ।
दिव्यश्वरा जेठी भइन कान्छी श्रीमती पार्वता ।।
(गणेशप्रसाद पोखरेलद्वारा लिखित बंशावलीबाट )
।
३६) बंशिधर ( वि.सं.१६१० )
।
३७)वशिष्ठ ( वि.सं.१६४२ )
।
३८) शुकदेव ( वि.सं.१६७४ )
( शुकदेव पुत्र शिवानन्द(शिवहरी) (बि.स. १७०४ ) को जन्म लमजुङ्गको दुर्छाकोटमा भएको थियो। यिनी बि.स १७३० तिर चौदण्डीगढी पुगे । शिवानन्द र वामदेव मिश्र दुवै लमजुङ्गका थिए। बामदेवकी बहिनि दिव्यश्वरासित शिवानन्दको लमजुङ्गमै बिबाह भएको थियो। वामदेव मिश्र पछि मकवानपुर दरवारमा आएर पुरोहित गर्थे। उनको स्वरुंग र चौदण्डीमा बिर्ता थियो । उनैले ज्वाइ शिवानन्दलाई स्वरुंग र चौदण्डीको बिर्ताको रेखदेख गर्न दिए । शिवानान्दका छोरा रामेश्वरलाई मामा बामदेव मिश्रले स्वरुंग मौजाको पूर्वी भाग काटेर विर्ता दिलाएका थिए। रामेश्वरले पाएको विर्ता भएकाले यद्धपि उक्त ठाउँलाई रामपुर भनिदै छ । पहिले रामपुर भनेर ठूलो भूभागलाई जनाउथ्यो तर अहिले एउटा गाउँमा सिमित भएको छ । )
कृष्णै लाल र भानुभक्तजी भए जेठा र मध्यंबर ।
तेश्रा मीनप्रसादजी हुन गए पारी उज्यालो घर।।
कान्छा चाहिँ त नन्दलाल हुन ती बाठा चतुरा अति ।
मुद्धाले ठकुरीजीको गरिदिए धनधान्यको धेर खति ।।
बाबुनै रकमी प्रसिद्ध अघिका थिए ति राइटर ।
पारेथे ठकुरीमहाँ खलबली केही नमानी डर ।।
( कृष्णचन्द्र पोखरेल लिखित बंशावलीबाट )
No comments:
Post a Comment