Wednesday, March 16, 2022

मेरो विम्बमा नन्दलाल पोखरेल - शिवहरी राई

शिवहरी राई

लकडाउनको बेला  जेष्ट महिनाको मध्यान्न दिउँसो १ बजेतिर 

....................फोनको रिङटोन बज्यो । टि.नि.नि.नि.

 टि.नि.नि.नि.................................


म : फोन रिसिभ गर्छु  हल्लो...हल्लो...हल्लो .....

उताबाट खिरिलो आवाज आयो 

काका नमस्कार...म पर्शुराम पोखरेल कटारीबाट ..................

म : नमस्ते भतिज । के छ नयाँ नौलो खबर ? ...........................

'काका खासै नौलो खबर के भनौं  र यसो बुवाको स्मृतिग्रन्थ निकाल्ने  सल्लाह भएको छ, काकाले पनि बुबाको नजिकी मित्रताको हैसियतले स्मृतिमा भएका केही कुराहरू  लेखिदिनका  लागि अनुरोध गरौँ भनेर  !' पर्शुरामको आग्रह थियो । 

सम्झनामा आदरणीय दाजु नन्दलाल पोखरेलकै छोराबाट स्मृतिग्रन्थ प्रकाशनको जानकारी पाएपछि विगतका दिनहरुमा नन्दलाल पोखरेलसँग औपचारिक अनौपचारिक भेटघाटको स्मरण झलझली आउन थाल्यो । मलाई पहिलो पटक घरसारको लेनदेन कबोलियतनामा कपाली तमसुक लेख्न स्व. नन्दलाल पोखरेल दाईले सिकाउनु भएको व्यहोरा अझ याद छ । सम्झे मनभरी करीव सात दशक पुरानो स्मरण ।

लिखितम् पूर्व ३ नं. अड्डा माझ किराँत उदयपुरगढी थुम रामपुर थुम्की खाल्ले  गाउँ बस्ने दलबीरको छोरा वर्ष ३५ को धनवीर राईले आग्ये साहु ऐऐ. थामखर्क बस्ने नन्दलाल पोखरेलबाट रु ६०।– (अक्षरुपी साठी रुपैयाँ) कर्जा लिएको ठीक साँचो हो । यो रुपियाँको कवोल बन्दोबस्तको हद यही सालको चैत्र मसान्त सम्ममा सवाइका दरले ब्याज लगाइ साहुकै घरमा ल्याइ एकमुष्ट बुझाउनेछु । भाकामा बुझाउन सकिनँ  भने सो रुपैयाँ  वापत मेरो घरमा भएको हल गोरु दार्मे र तिल्के काडोसी भएको दुवै गोरु साहुले लिनु म बुझाउँला । साक्षी किनारा ! मुकाम साहु कै घर दलानमा हो  । आदी आदी ....................................................................

यो युक्ती व्यहोरा नन्दलाल पोखरेल दाइसँग पहिलो पटक मैले सिक्न पाएको हुनाले जीवनभर भुल्नै नसक्ने घरायसी व्यहोराको म सधैं  गुरु ठान्दछु । नन्दलाल पोखरेल दाइप्रति मेरो श्रद्धा भावका साथ थोरै कवितामा उतार्न मन छ, किनकी उदयपुर अड्डा नभै गढी मात्र रहेछ र गढीमा १ कप्तानको १६ जवान सिपाही, २ हवल्दार, १ सुवेदारको कमान मात्र रहेछ । पछि २०१३ साल देखी वडा हाकिमको दरबन्दी भएपछि उदयपुर अड्डा हुँदै २०१८ सालबाट जिल्ला हुन गएको हुँदा उपरोक्त लिखत सवालमा ३ नंं माझकिराँत ओखलढुङ्गा जनाउनु पर्ने व्यहोराको सम्झनामा थोरै श्रद्धेय नन्दलाल पोखरेलप्रति कविताद्वारा स्मरण बिम्ब प्रस्तुत गर्दछु  । 

कविता

पूर्व  तीन नम्बर माझ किराँतको ठ्याक्कै दक्षिणतिर 

पर्छ महाभारत उत्तरमहाँ भन्थे थुम एक रामपुर !

ग्राम थामखर्कमा एक कूलको लेख्नु म थोरैकुरा 

थिए  नन्दलाल पोखरेल थरका व्यक्ति सारै चतुरा !!


ज्योतिष भावका नम्रस्वभावमा बोल्न सारै सिपालु

ऐलेको चर्चित नेता भनेझै उ बेला भन्थे ठालु !

लोकप्रिय समाजका गार्जे नै पनि हुन सबैले भन्थे गुरु 

निम्छरा गरिवले शहारा मानेर पछ्याउँथे हुरुरु !!


झगडा गर्नेलाई अदालत नगइ बताउथे सबै कुरा

उ बेला बखतको मुलुकी ऐन मुखमै थियो पुरा !

चीनाका कुण्डली कोरी रहँदा लेख लेख भन्थे जाहेरी

विवाहको लगन औँलाले जुराउने पात्रो केही नहेरी !!


थाम्खर्क उच्चमा कीर्तिमान रहिरहोस्  यिनै कलाका धनी 

पोखरेलका कूलका कण्ठैछ मुखमा थाम्खर्के कान्छा भनी !

ठानागाउँ भनेर चिनिने यो गा.पा. एैले ताप्ली पर्दछ 

पोखरेलका जीवनी लेखेर सकिन्न कथा अरु धेरै छन् !!


नौ दशक बढीनै  लोहाका खम्बाझैं  जीवन रही गयो 

मान्छेको कहानी चर्चाको शीखर अनन्त कृति रह्यो

स्मृति पानामा दुइचरण कविता सम्झना रहीरहोस् ।

हितैसी भावना रहीरहेमा स्वर्गमा भेटघाट हवस् ।


नन्दलाल पोखरेलको जीवनकालका उदाहरणीय कार्यहरु

(क) गरिव निम्छरा  वा कसैलाई पनि आपतविपत परेको बेला जो कोही नन्दलाल पोखरेलसँग दुख बिसाउन जाँदा नम्र स्वभावले बोलचाल गर्नुहुने भएको हुँदा सबै आफ्ना कुरा धक नमानी प्रस्तुत गर्न सक्ने  अनी आपतका विषयको उपायहरु नितिनियमपूर्वक जानकारी गराई सहज उपायद्वारा समस्या समाधान हुने गर्दथ्यो । यही हो उहाँको पहिलो गुण ।

(ख) उहासँग ऐलेको व्यहकिङ्ग कारोबार नहुँदाको बखत आय व्याय नगद जिनीसको आवश्यक गाउँघरका मानीसहरुलाई आफु जिम्मेवारी भएर खाँचो गाह«ो टार्न नगद जिनिसको आदान प्रदान वा जिनिस जिनिस साटासाट गर्ने । अति उपयुक्त सामाजिक लेना देना गराई दिनुहुन्थ्यो । र समाजका समस्या समाधान हुन्थ्यो । आकर्षक टनेै गर्दथ्यो । त्यसैले उहासँग धेरै मान्छेले पछ्याउने गर्दथ्यो । परि आएको समस्या पनि समाधान हुन्थ्यो । 

(ग) फौजदारी वा लेनदेनका अन्य झगडियाहरुलाई भर्सक घर सारमै दुवै वादी प्रतिवादीलाई राखी मेलमिलाप गराउन हदैसम्म प्रयास गरी मिलापत्र गराउने प्रयास गर्नुहुने हुँदा उहाँसँग टाढा टाढाका मानिसहरु  पनि सोधपुछ गर्न आउने गर्दथे । 

(घ) मानीसलाई आइ पर्ने विभिन्न आवश्यक कार्यको लागि नन्दलाल पोखरेलसँग साृधपुछ सुर गर्नु पर्छ भन्ने उदयपुर र हाल खोटाङ हलेसी क्षेत्र भरीका समाजहरुमा घर घर जानकारीको छाप थियो । त्यसै कारण विवाह, ब्रतबन्द, चीना वा वादी प्रतिवादी लेखाउन हेरकोर सोधपुछ गर्न धाउने गर्दथे । अहिलेको निवेदन वारे उ बखत अर्जि भनिन्थो । नन्दलाल पोखरेल धेरै बसी बसी लेखेको अर्जि ओखलढुंगा भाजपुर अड्मामा सिधै दर्ता हुने गर्दथ्यो । कानूनी रितपूर्वक लेखिएको हुँदा जुनसुकै लिखत पनि अड्डाले फिर्ता गर्दैनथ्यो । उतिबेलाको राणा सासन कालमा बढो होसियारी पूर्वक लिखत लेख्दाको बखत पनि अवरोध आरोप नलागी समाजसेवा गर्नुको साथै उहाँमा अन्य विषयको पनि अनुभव थियो । स्वास्थ्यका लागि अमिलो तितोको मात्रा मिलाएर खानुपर्छ । बिहान बेलुका पानी तताएर खानु रोग लाग्दैन । र बिरामीको लक्षण हेरी जरीबुटीको समेत पहिचान गरी खाना दिनुहुनथ्यो । बिरामी सन्चो हुने गर्दथ्यो । देश विदेशका औषधिहरु पनि उहाँलाई जानकारी थियो । उहाँमा सधै उदार सोच बसिरहन्थ्यो । 

(ङ) त्यो राणाशासन कालका कठोर सामान्तीहरुसँग पनि न्यायका लागि पौठेजोरी खेल्न साहसी चतुरा नन्दलाल पोखरेलको पहिलो उदाहरणीय कदम नै काफी सह«ानीय छ । पोखरेलको युवा अवस्थाको हुँदा काठमाण्डौ  नेपालको डिल्लीबजारमा डेरा लिई पढ्ने गर्नुहुन्थ्यो । त्यो बखत एउटा बहुत चर्चित घटनाका एक पात्र बन्न पुग्ने नन्दलाल पोखरेल हुन् । 

(च) किराँतकाल पतनपछि रामपुर परीया रेखदेख गर्ने नाइके शाह वंशले हीनेत थरका ठकुरीलाई जिम्मा दिएको हुँदा रामपुरमा ठकुरीको बसोबास हुँदै दरसन्तान फैलिँदै रहाँदा बस्दा कयौा पुस्ता पछि एक कु्रर कठोर सासक नयन ध्वर्ज ठकुरीको रामपुर भित्र सामान्ती शासन चलाई रहेको बखत नन्दलाल पोखरेल काठमाण्डौ डिल्लीबजार मा डेरा गरी पढ्दै थिए । शाहर्वश पृथ्वीनारायणको आक्रमणबाट भागी लुकी बाँचेका होपानी किराँतीको नाती भिमसेन किराँती तावा खोलामा लुकी छिपी रहेको बखत शाहर्वशीहरुले नेपाल एककिरण पछि मासिने मास्ने किराँतीहरुलाई अब नमास्ने बरु जात, धर्क, परिवर्तन गराई उपादी दिने भनी राज्यले निर्णय गरेपछि किराँती शासकको दरसन्तान खोजी हुँदा तावाखेलको साइपाती भन्ने कुनामा एउटा किराँतको सन्तान छ भन्ने जानकारी भएपछि त्यो १० वर्षको नावालक भिमसेन किराँतीलाई कहाँ तेरो खाइपाइन भनी सरकारबाट सोधनी हुँदा रामपुर भनेर जानकारी हुँदा त्यो रामपुर अर्के ठकुरी लाई दिइएको छ । अब रामपुर भन्दा पूर्व राकुला खोला पारी खा भनेर पाप्रे देखी सुनकोसी सम्म र राकुलो खोलादेखी ज्यामिरे खोलासम्म थुम थुम स्वरुङ्ग कट्टी ४ किलाको अनजन बन अधिन गरी खानु भनी भिमसेन किराँती लाई भिमसेन राईको उपाधी स्यहामोहहर लेखी ५२ हातको पगरी गुवाई ४ किल्लाको जिम्दारीको प्रमाण शाहवंश राजाहरुले दिएको मौवा भिमसेन राईको सन्ताव पनातीतीर आइ पुग्दा सम्म राम्रै रहेको र जनाती भरी कृष्ण राईको नाममा जिम्दारी आएपछि भरीकृष्ण ३५ वर्षको अल्पआयुमै मुक्त भयो । 

भरी कृष्ण राईको दुइवटी छोरी मात्र भएको र छोरा नभएको कारण जीम्दारी हक भरीकृष्ण राईको श्रमिती भीम लक्ष्मी राईनी को नाममा भोजपुर अड्डाबाट नाम सारी भयो । जीम्दारी जसो तसो भनि लक्ष्मी राईनीले ददाजुभाई देवर जे गर्नु भतिज हरुको सल्लाहमा चल्दै थियो । ठूलो जिम्दारीको चाल चलन बुझेर कठोर शासक नयनध्वज ठकुरीको गिद्धे आँखा ४ किल्लाको जीम्दारी मौजा तर्फ लगाई वडो गम्भीर षडयन्त्र रची खोला गाउँका केही मगरहरुको सहायता लिई भीम्लक्ष्मी राईनी लाई ललाइ फकाइ गरी धर्म कर्मको नाममा पशुपतिको दर्शन गर्नु उत्तम हुन्छ । खर्च सबै हामी विहोर्स भनी लोभ लालचाको भ्रममा पारी भीमलक्ष्मी राईनीलाई काठमाण्डौ पु¥याई केही रकम हातमा दिई चारखाल अड्डामा गई जीम्दारीको बहाली पुर्जी विक्रीनामा गथराएका थिए । त्यसबखत काठमाण्डौ डिल्लीबजारमा पड्न बसेका नन्दलाल पोखरेललाई यो षडयनत्रकारी लेनदेन र नयन धवजको कुकृतिले जालसाज राम्रैसँग नियाल्न पुग्छ । उता नयन ध्वज ठकुरीले भने नन्दलाल लाई केटाकेटी ठानी बेवास्ता गरेपछि त्यो विक्रीनामाको दावी हदम्याद सबै यथासिघ्र बुझी नन्दलाल खर्च लिन भनी घर तर्फ चम्पट लगाई नयन ध्वज ठकुरी भीमलक्ष्मी राईनीहरु भन्दा ४ दीन अगावै घर आइ भीमलक्ष्मी राईनीले गरेका काम कारबाही सबै यथार्थ बताइ निरक्षर बबरजङ्ग राई समेत ४ जना सामल खाजा बोक्ने भरिया सहित काठमाण्डौ नेपाल ७ दिन मा पुगी हदम्याद भित्र भीमलक्ष्मी राईनी बाट ३६१ घर धुरीको जीम्दारी फिर्ता गर्न बिन्तीपत्र हाल्न भनी काठमाण्डौ सबैजना पुगे रा इपगरीको बहाली पुर्जी १९९२ साल फाल्गुण २० गते नयन ध्वज ठकुरीले नेपालको चारखाल अड्डामा विक्रीनामा पास गरी लिएको भएपनि बाटाको म्याद बाहेक १५ दीनसम्म हकवालाको हकदावी लाग्ने ऐनमा उल्लेख भएको हुँदा ऐनको म्याद भित्र १९९२ साल चैत्र ११ गते नयन ध्वज ठकुरीले भीमलक्ष्मी राईनीबाट स्वरुङ कट्टी ४ किल्ला थुमको ३६१ घर  धुरीको पगरी वाला राई भरी कृष्णको सेरु पछि भरीकृष्ण राईकी श्रीमती भीम लक्ष्मी राईनीको नाममा बहाल भईरहेकोमा हाल जालसाज गरी रामपुर खोले खर्क बस्ने नयनध्वज ठकुरीले नेपालको चारखाल अड्डामा विक्री नामा गरी लिएको होता पनि हामी नजिकको हकदारको हक दावीको विन्ती पत्र लेखी एन बमोजिम सरकारमा चढायौँ भन्ने विन्ती पत्र । 

श्री श्री श्री ३ महाराज धिराजको गाथमा

प्रभु विन्ति पत्र लेखाई चढामा प्रभुको हर्जुमा

विषय ः– हकदावी गरी वकिशवश सरकार

नेपाल सरहद पुर्व माझ किराँत ३ नम्बर अड्डा उदयपुर गढी थुम रामपुर खोले खर्क बस्ने नरबहादुर ज्यू ठकुरीको छोरा नयन ध्वज ठकुरीले पुस्तौदेखी हाम्रा पूर्व  ३ नं. माझ किराँत अड्डा उदयपुर गढी थुम स्वरुङ्ग कट्टी ४ किल्ला थुम्का राई पगरी बुकुट बास्बोटे बाराहा प्रापेसम्मको जीम्दारी भरी कृष्ण राईको नाममा थियो । भरी कृष्ण राइृ काल गतीले मरेपछि भरीकृष्ण राईकै श्रीमती भीमलक्ष्मी राईनी को नाममा नामसारी भइ आएको माहाल वि.सं. १९९२ साल किराँती उदयपुर गढी थुम रामपुर बसने नर बहादुर ज्यु ठकुरीको छोरा नयन ध्जय ठकुरीले नेपाल आई चार खाल अड्डामा भीमलक्ष्मी रार्यनीबाट हाम्रो राई पगरीको बहाल पुर्जी विक्रीनामा  लेखाई छाप पत्र गराउकोले म सहोदर भरी कृष्णको कान्छा भाई र भीम्लक्ष्मी राईनीको देवर भएको हुँदा ऐनको हकदावी म्याद भित्र यो बिन्ती पत्र लेखाई महाराजको गाथमा चढाइ सलाम पाउलागे प्रभु सरकारको जो निधा । फिर्ता गरी पाउँ । मेरो पगरी भनी विन्तिपत्र वाला । 

नेपाल सरहद पुर्व ३ नं. माझकिराँत अड्डा उदयपुर गढी थुम स्वरुङ्ग कट्टी ४ किल्ला बस्ने गर्जमणी को छोरा वर्ष ३६ को ववरगंज राई 

दा. बा.

उपरोक्त लिखत मुद्दाका तारतम्मे सबै नन्दलाल पोखरेलकै योजनाबाट निरक्षर ववरगंज राईलाई हकदावीको मुद्दा विन्तीपत्र लेखाई नेपालको चारखाल अड्डामा दर्ता गराई  तेस्पश्चात मुद्दाको तारेख खेप्ने वारेश नभै आफैले खेप्नुपर्ने भएको हुँदा निरक्षर विन्तीपत्र वाला ववरगंज राई आफै घरबार जहान छोरा छोरी नावालकहरु अलपत्र छाडी काठमाण्डौको त्यो राणाशासन कालको कालकोठरीमा कहिले ७ दिनको, कहिले  १५ दिनको, कहिले ३० दिनको मन लागी फाँटवालाले तारिख खेपाई कठोर जहाँनियाँ राणाशासन काल खाई नखाई भोकै त्यसै पुरा दास सरह ठ्याक्की बाह्र वर्ष काठमाण्डौ काठमाण्डौ तारेख धाउँदा बजरङ्ग राईको घर व्यवहार पनि खरानी भयो । जिवन पनि ८–१० दिनको बाटो पैदल ओहरी दोहरी हिड्दा शिथिल भै सकेको बेला चारखालबाट राणाको मौखिक हुकुम गराई  बबरजङ्ग जीमकिो र नयन ध्वज ठकुरीको भोजपुर अड्डाले ४ किल्लाको रेटी बोलाइ तालुक रोजाइ ने भनी हुकुम वकरा भए पछि त्यो हुकुमको ठिक छ महिनापछि भोजपुर अड्डाले दुइजना सिपाही र १ जमेम्वर पठाइ ४ किल्ला बुटके बास्बोटे आएर बबरजङ्ग राई र नयन ध्वज ठकुरी मध्य यहाँका रोटीहरुले कसलाई जिम्दार मान्ने हो सबै घरको मुली १–१ जना सम्वत् २००४ साल चैत्र ५ गतेको दीन सबै राइनीहरु भोजपुर अड्डामा हाजिर भै जिम्दार रोज्ने बयान दिनु आउनु, नत्र सरकारखे अर्को हुकुमबकस हुनेछ । भनी झ्याली पिटेर गइपछि राजाको हुकुम वावा कि दुहाइ भएर सबै रैटीहरु सल्लाह गरी नयन ध्वज ठकुरी को अत्यचार बुझेर भोजपुर अड्डाका वडा हाकिमको ४ किल्लाका रैटीहरुले एक स्वरमा हामी सबैले बबरजङ्ग राईलाई तालुक मान्नेछौँ भनी बयान दिए पछि पुस्तौँ पुस्ता खाइपाइ आएको जीम्दारी मान सम्मान बबरजङ्ग राईले ठूलो संघर्ष फिर्ता लिए पछि उता कठोर मन सायका कु्रर सामन्ती राणाहरुसँग साँठगाँठ भएका नयन ध्वज ठकुरीको लावा लस्कर पछौटेहरु सरदार नीरबहादुर राई समेतका हुन भने ८ वटा घोडा चढेर रैटीहरुको सबै बयचान सुन्नासाथ  घर तर्फ रातीनै चम्पट तोडे । भोलीपल्ट सबै रैटीहरु सबै बयान सुन्नासाथ घरतर्फ राटी नै चमपट तोडे । भोलीपल्ट सबै रैटीहरु घरतर्फ फिर्ता लागे भने जिम्दारता बजरङ्ग राईलाई अड्डाले सबै कागज पत्र मिलाई २ दिनपछि भोजपुर अड्डाका वडा हाकिम पुस्कर बस्नेत र मालका खरिदार तुलसी लम्सालबाट रैतीले तिरेको तिरो भोजपुर अड्डामा तुलसी लम्सालबाट रैतीले तिरेको तिरो भोजुर अड्डामा बुझाउने गरी चार खालको हुकुम बमोजिम रैटीले रोजेको हुँदा स्वरुङ्गकट्टी चारकिल्लाको जिम्दार अधिकार चलाउनु भनी बहाली पुर्जी ववरजङ्ग राईको हातमा दिए तव १२ वर्ष पछि खोला फर्किन्छ भन्ने चरितार्थ भएझैं   पछि बबरजङ्ग राईले त्यो बहाली पुर्जी ल्याइ केही आफ्ना सहयोगीहरु गौरुङ्ग कार्बाही जेठा बुढा माथाहरु नियुक्ती गरी केही भोज भत्यारको आयोजनामा पात्र नन्दलाल पोखरेललाई बोलाई केही नगदको उपहारसहित सम्मान गरेको यथार्थ एवम  आदरणीय नन्दलाल पोखरेल दाइको राणाशासन कालमा पनि जनपक्षीय  भावना जगाइ सामन्तहरूसँग लडाइँ  जित्नु जिताउनु भएको कार्यप्रति हार्दिक सम्मान गर्दछु । अन्तमा, चर्चित पितृ  आत्माको  पनि  बैकुण्ठमा बास होस्   ।

हार्दीक श्रध्दासुमन श्रद्धेय  नन्दलाल पोखरेलप्रति ।


000 



No comments:

Post a Comment