Sunday, May 21, 2023

नन्दलाल पोखरेल : मैले सुने जानेका कुरा - मदन दाहाल

मदन दाहाल


जन्म विसं २०७०।०३।०४

मृत्यु ः २०६६।०३।२७

ठेगाना ः जिल्ला उदयपुर साविक ठाना गाउँ, थाम्खर्क

उहाँका बारेमा सुनेका केहि कुरा

१५, १६ वर्षको उमेरमा आफ्नो गाउँबाट खोटाङ्गको खोक्सेनिमा ज्योतिष पढ्न भनि ज्योतिषि इन्द्रलाल दाहालको घरमा बसि अध्ययन गर्नु हुन्थ्यो अरे अध्ययनको क्रममा ज्योतिष सिकाउने बाजे जता बस्यो त्यतै उनि सँगै जानुपर्ने भएकोले खोक्सेनि बेशीमा बाजेको खेत भएको हुनाले ज्योतिष बाजे सँगै वेशीमा बस्नु भएछ । त्यहि क्रममा म लेखेको बुवा डिल्ली प्रसाद दाहाल तथा नन्द लालको ससुरा २, ३ वर्ष उमेर थियो अरे, र खोक्सेनि गाउँ बेशी गर्दा नन्द लाल मेरो जेठो भिनाजुले मेरो बुवालाई काधमा बोकेर गाउँ बेशी गराउनु हुन्थ्यो रे ।

भिनाजु नन्द लाल भन्दा मेरो बुबा भिनाजुको ससुरा १२ वर्ष कान्छो, अर्थात ससुरा भन्दा ज्वाई १२ वषै जेठो पछि त्यहिकाँधमा बोकेको मान्छेको छोरी विवाह गर्न खोक्सेनि पुग्नु भएछ । मेरो हजुरबुवा धर्मध्वज (दिजयराज) दाहालसँग नातिनि दिनु परो मलाई भनेर प्रस्ताव राख्नु भएछ हजुरबाले झण्डै म हजुर बाउसँगको मान्छेलाई म नातिनि कसरि दिउँ दिन्न भन्नु भएछ र नन्द लालले तत्कालिन गृह मन्त्रि डिल्ली सेर राई लाई मलाई फलानाले नातिनि छोरी दिएन गुहार दिनु परो भनि पत्र र १ जना मानिस पठाउनु भएछ, डिल्ली सेर मन्त्रिले ५, ७ जना मानिस पठाई नन्द लाल पोखरेललाई नातिनि छोरी दिनु, नभए लुटि विवाह गराई दिन्छु भनि धम्कीको पत्र लेखि पठाए पछि नातिनिको विवाह गरिदिनु भएछ अरे ! (पंचायति शासन) अहिले मातेका पोखरेल लगायत ७ भाई छोरा र ५ बहिनि छोरी सोभा लगायत १२ जना जिवित हुनुहुन्छ तिनजना खेर अथवा स्वर्गवास हुनुभएछ ।

भिनाजु नन्द लाल पोखरेलले भनेका र मैले सुनेका पढाईको क्रममा खोक्सेनि वेशीमा बस्दा दाउराको आगो बालेर धुलौटे पाटीमा र हरियो पातको मशी बनाएर बाँसको कलम बनाएर बाँसको पट्यासमा लेख्नु हुन्थ्यो अरे त्यसरि आफुले पढेर सयौ मानिसलाई ज्योतिष पढाएर रोजगार गराई दिनु भएको छ । ज्योतिष बाजेको गोठ अलि एकान्तमा थियो–अरु दाहालहरुको गोठ एकै ठाउँमा डुडे भन्ने ठाउँमा थियो, नन्द लालको गुरु इन्द्रलाल एक दिन उहाँलाई गोठमा छोडेर गाउँ गएछन गोठमा भैँसि गाई बाख्रा सबै जिम्मा राति म आउदिन गोठमै सुत्नु बाख्रा स्याल बाघले खान्छ भनेर जिम्मा लगाएछन् । बेलुका घाँस सबै बस्तुतलाई दिनु भएछ, बिहानलाई घाँस राख्नु भएछ र, खाना खाएर एक्लै सुत्नु भएछ, सुनसान ठाउँ १, २ किलो मिटर पारी पर अरु गोठहरु कराएर बोलाउँदा मात्रै अरुले सुन्ने र त्यस्तो ठाँमा राति निदाएको बेलामा बिहान दिन भनि राखेको घाँस खाएको आबाज आएछ, उठेर हेर्दा त आफ्ना भैँसि बाँधेकै ठाउँमा छन् कस्को भैँसि यहाँसम्म आएर घाँस खाएछ भनि लाठिले कुट्दै खेदाउनु भएछ खेदाउदै जाँदा भैँसि भिर बाट कोशीमा खसेछ लडेर पानिमा झ्याम्म आवाज आएछ, ला कस्को भैँसि म¥यो भोली मलाई तिराउँछन् भनि चिन्ता गर्दै आफ्नो ओछ्यानमा सुत्नु भएछ, विहान कस्ले भैँसि हरायो भन्लान भन्दा २, ३ दिन कसैलाई नभनि बस्नु भएछ, २, ४ दिन कसैले खोजि नगरे पछि गोठालाहरुलाई भन्नु भएछ गोठालाहरुले र ज्योतिषि बाजेले भनेछन, भुत हो कसो तलाई खाएन भनेर डर देखाएछन् । त्यस दिन देखि एक्लै गोठमा बसिन भन्नु हुन्थ्यो ।

मैले उहाँलाई देखि रहँदा उहाँसँग एउटा मुलुकि ऐन भन्ने ठुलो किताब थियो कसैसँग मुद्धा मामिला गर्दा त्यहि किताब हेरेर बादि प्रतिवादी आफै लेख्नु हुन्थ्यो । निडर स्वभाव थियो घरमा गएका सबैलाई र सबै घर परिवारले खाना नखाई आफु खाना खानु हुन्थेन, एउटा चिया दानिमा अगेनोमा पानि ताति रहन्थ्यो पटक पटक त्यहि तातो पानि खाई रहनु हुन्थ्यो, वाचुन्जेल सयौैँ मान्छेको मुद्धा र आफ्नो मुद्धा कहिले हार्नु भएन । एकपल्ट एक जना निकै मै हुँ भन्ने ठकुरीसँग खेतमा सामान्य झगडा भएछ, २, ४ जना केटाहरुलाई लगाएर कुटपिट गराई घाइते बनाई दिएछन ठकुरी बाबु साहेबले नन्द लाल उपर अदालतमा मुद्धा दिएछन जुनदिन कुटपिट भयो भनेर मुद्धा दिए त्यो दिन पारेर खोटाङ्गको च्यास्मी टार गाउँ पन्चायतका प्रधानपँचलाई बैठक बस्न लगाई मिति पहिले को बनाई आफु अतिथि बनि खोक्सेनि मा.वि.का हेड मास्टर कृष्ण प्रसाद दाहाल र सालो लिला विष्णु दाहाललाई स्कुलको बारेमा प्रस्ताव र निर्णय बनाई उनिहरुको  नाम समावेश गरि साक्षी बनाई प्रतिवादी दिनु भएर मुद्धा आफ्नो पक्षमा बनाउनु भएको म पनि थाहा पाएछु ।

अर्को कुरा उहाँ उदार बाद पनि हुनुहुन्थ्यो गरिबहरुको खुब ख्याल गर्नु हुन्थ्यो घरमा माग्न आएका मानिसहरुलाई खाना नख्वाई र केहि नदिई खालि हात कोहि पनि फर्कर्नु पर्दैन थियो, उहाँसँग धन सम्पति धेरै थियो, र उहाँलाई कान्छा मुखिया भनेर उदयपुर जिल्ला भनि चिनिन्थ्यो, धान मकै धेरै हुने ठाउँ ठाउँमा मकैका थाङ्ग्रा र धानका ढिकुटी धेरै ठाउँमा कान्छा मुखियाको भन्थे जुन भेगमा अनिकाल लाग्छ त्यस भेगका मान्छेहरुलाई धान र मकैहरु बढि दिनु हुन्थ्यो पछी, उनिहरुले नै उठाएर फेरी मकैको थाङ्ग्रो राखि दिन्थे, धान भने चाडबाडको बेलामा मात्र खोलेर वितरण हुन्थ्यो, हाम्रो २, ३ गाउँका मानिसहरु दशैँमा यस दिन पारि वेशीमा कान्छा मुखियाको भकारि खुल्ने अरे भनि धान लिन गएर लिएर आउँथे र दशैँ मान्थे धेरै ठाउँमा उहाँको लगानी थियो, उहाँको नामले हामि पनि धेरै ठाउँमा तराई काठमाडौँ हिड्दा बाटोमा याँ याँ पुगियो भने फलानो फलानो कोमा बास बस्नु भन्नु हुन्थ्यो हामी पनि सहजै बास बस्ने र यजमान खाने गर्थियौँ, पछि २ पटक डाका लाग्यो धेरै सुन चाँदी धनमाल लगी दियो अझै धेरै ठाउँमा उहाँको परिवारको नाउँमा जग्गा जमिन छ ।

म दिदिको घर आउँदा सुनकोशी डुङ्गाबाट तर्नुपथ्र्यो बुवाले ५० पैसा डुङ्गा तर्न भनेर दिनु हुन्थ्यो, तुइनु भन्ने ठाउँबाट डुङ्गा तर्नु पथ्र्यो त्यहाँ एक जना नाउँ तार्ने फुलिका बाउ भन्ने राई थिए उनि घाटमा पैसा उठाउँथे र घाट तर्ने अरु केटाहरु थिए म पहिलो पटक दिदिको घरमा टिका लगाउन तिहारमा जाने क्रममा त्यहिबाट सुनकोशीको घाट तुइमू भन्ने ठाउँमा पुगेर तिनै फुलिको बाउ लगाएतका मानिसहरु रहेछन फुलीको बाउले ठुलो स्वरले मलाई ५० पैसा लेउ केटा भनेर मागे म डराउदै गाजिको ५० पैसा (एकमोहोर) झिकेर उनको हातमा थमाई दिएँ उनले फेरिसाधे भाताजाने घाट तरेर भागेर कतै हिडेको त होइन भनेर ठुलो स्वरमा भने, मैले सानो सोरमा म भागेको होइन थाम खर्क दिदि भिनाजु कोमा भाईटिका लगाउन हिडेको भने कोहो तिम्रो दिदि भिनाजु भनेर फेरी सोधेँ थामखर्क भनेपछि तिनको अलि सानो स्वर भयो भयो मैले उत्तर दिएँ विस्तारै नन्द लाल पोखरेलको घरमा भनेपछि मलाई यहाँ बस भनेर खाजा खुवाएर मलाई उल्टै १ रुपैयाँ दिएर तिम्रो भिनाजु लाई पैसा लियो घाटमा नभन्नु है बाबु भनेर सानो स्वरमा फकाएर पारि पु¥याई दिए । पछि नन्द लाल पोखरेल कै पहलमा तत्कालिन जिल्ला पञ्चायत उदयपुर बाट त्यस ठाउँमा पुलको र त्यस पुलको ठेक्का उठाउने जिम्मा नन्द लाल र धनहरि राईको जिम्मा मा रहेछ र पछि तिनै पैला डुङ्गा चलाएर जिवन यापन गर्ने मानिसहरुलाई नै ठेक्का उठाउन दिनुभयो ।

अर्को रोचक कुरा २०३४ साल तिर म खोक्सेनिबाट दिदिको घर अथवा भिनाजु नन्द लाल पोखरेलको घर जाने क्रममा जतनपुरको जंगलमा घाँस काट्ने १ जना महिलाको स्वर गुन्जीयो, गीतको लय र भाकामा जेठा चै थामखर्के जग्गा जिविन धनि

माइला गातैमा परे (गालडाडाको बारीमा अंश)

साइला चै थामखर्के

सुनचाँदि धनि

कान्छा जगतकै मणी

भनेको गीत मेरो कानमा गुन्जीयो, म पनि गीत अलिअलि गुनगुन गुनाउथेँ त्यसैले होला त्यो गीत मैले आउँदो पारिहाले, बेलुका आमखर्क पुगीयो खाना खाएर सत्तलमा लहरै भान्जा मातृका पोखरेल भान्जी सोभाहरुसँग सुत्ने क्रममा दिउँसो बाटामा ति महिलाले गाएको गीत सम्झदा मैले गाएछु, दिदिले सुनि राख्नु भएको रहेछ र म छेउमा आएर सोध्नु भयो, भाई ९९९ यो गीत तलाई कसले सिकाइ दियो ९९९

मैले उत्तर दिएँ बाटोमा सुनेको ।

किन दिदि मैले प्रश्न गरे दिदिले उत्तर दिनु भयो तेरै भिनाजूहरुको गीत बनाएका हुन भन्नुभयो मैले प्रश्न गरेँ कसरी भिनाजुहरुको गीत भयो

दिदिले भन्नु भयो सुन तेरा भिनाजु का दाजु भाई ४ भाई जेठा थामखर्केमा बसे जग्गा जिबिन धेरै जोडे जग्गा जमिनका धनि भने, माइला गालडाडा भन्ने ठाउँमा अंश लिएर बसे, गालैमा परे भने .................

साइलाले थाम खर्केमा बसे र सुन चाँदी जोडे र सुन चाँदी धनि भने .....................

कान्छा तेरा भिनाजू धेरै मानिसले चिन्ने सबैको भलो चिताउने भएर नाम कमाउनु भएको हुनाले जगत कै मणि ...........................

भनेका हुन भन्नु भयो अनि मैले बास्तविक अर्थ बुझेँ र त्यो गीत त्यस ठाउँको कसैले कुरा गर्दा मलाई सम्झना आउँछ ।

अझै पनि म गाउँछु ।

अर्को याद–मेरो हजुर बुवा तथा नन्द लाल मेरो भिनाजुको बुढाससुरा धर्मध्वज दिजयराजले उहाँ भिनाजुहरुकै खेत भएको ठाउँमा डिहि भन्ने खेत बेच्ने भएछ र मेरो हजुर बुवाले किन्न भन्नु भएछ मेरो हजुरबुवा जजमान गर्नु हु¥यो, त्यो खेतको दाम १२ सय रुपैयाँ भएछ हजुरबुवाले पैलाका डब्वु जोरविरे भन्थे त्यो पैसा लिएर खेत किन्न जानु भएछ र थैली बुझाउने दिन ८, १० जना मान्छे जम्मा भएछन् २ जना पैसा गन्न अघि सरेछन् बुढाससुरा ज्वाई ठट्टा गर्नुहुन्थ्यो गन्ने मानिसलाई भिनाजुले ठट्टा गर्दै भन्नु भएछ ए भाईहो राम्ररी पैसा गनिदिनु है सारै दुख गरेर टपरा टक टक्याएर, थुकले टिपेर कमाएको पैसा हो भन्नु भएछ, मेरो हजुरबुवा ठट्टा गर्न केकम भनिहाल्नु भएछ । हो है हो राम्रो सँग गन पैसा मैले दमाईको छोरालाई बेहुली बनाएर जोडेको सम्पति हैन,

कुरो के रहेछ भने एउटा क्षेत्री थरका मान्छे मेरो भिनाजु नन्दलाल सँग छोरालाई धनिकि छोरी राम्री केटी विवाहको लागि खोजी (मागि) दिनु परो भनेर भनेछन् भिनाजुले केटा कति पढेको छ के काम गर्छ भनेर सोध्नु भएछ केटाको बाउले जवाफ दिएछन् ए पोखरेल तँ मलाई के ठानेको तिम्रो भन्दा धेरै सुन चाँदी छ धेरै खेत छ धेरै बारी छ मेरो छोराले किन पढ्नु परो जागीर किन खानु परो भनेर धमकाएछन्, सम्पतिको फुर्ति लगाएछन् नन्दलाल भिनाजुले हुन्छ म केटी बन्दबस्त गरेर खबर गरौला भन्नु भएछ २, ४ दिनमा पर एउटा गाउँमा राम्री केटि देखाएर कुरा मिलाई विवाहको टुङ्गो लगाई दिनु भएछ र केटाको बाबुलाई भन्नु भएछ सुन चाँदिका गहना धेरै ल्याउनु भन्नु भएछ विवाहमा एउटा दमाईको छोरालाई बेहुलि बनाएर विवाह गराई दिनु भएछ विवाह खर्च आफैले व्यवस्था गर्नु भएछ र विवाह भएछ बिहान बेहुलि लिएर गएछन् धेरै टाढा ठूलो जङ्गलमा पुगेर बेहुलिले दिसा लागो भनेर जंगल पसेछ, जन्ती बेहुलि आउली आउली भनेर कुरेर बसेछन् यता बेहुलि दमाई भिनाजुको घरमा आएर गहना लुगा जिम्मा दिएर घर गएछ, जन्ती बेहुलि खोज्न जंगलमा छाप छाप पसेछन दिन भरि बेहुली नभेटेपछी बेलुका रुँदै बेहुलाको बाउ बेहुला समेत रुँदै भिनाजुको घर पुगेछन् के गर्नु बेहुलि हराई दिन भरि जंगल खोजि गरी ऊ फेलापरिनन् अब के गर्नु भन्दै रुन थालेछन्, भिनाजुले भन्नु भएछ अब मुलुकि ऐनको यति दफाले अब ज्यान मारामा पर्नु हुन्छ भनेर भन्दिनु भएछ त्यस दिन भिनाजु कै घरमा बसेछन् खाना पिना गरेर सुते पछि पनि छटपटाएर रुँदै अब के गर्नु हामिलाई बचाई दिनु भनेर भनेपछि सबै बिहान छलफल गरौँला भन्नु भएछ बिहान उठेपछि विवाहको खर्च हिसाब गरी आफ्नो लागेको खर्च लिएर सबै गर गहना जिम्मा लगाई दिनु भएछ र भन्नु भएछ धन सम्पति को धाक कहिले नलगाउनु भनेर सम्झाएर फेरी अर्को केटीसँग विवाह गराई दिनु भएछ । त्यहि कुरालाई लिएर बुढा ससुराले ठट्टा ठट्टामा कुरा चलेको रहेछ । सुनेको मात्र हो 

कविता

खोटाङ्ग जिल्ला वङहरे खोक्सेलिहो गाउँ ।

भक्तपुर मा बस्छु अचेल मदन दाहाल नाउँ ।

बुवा हाम्रो डिल्ली प्रसाद आमा विष्णु भइन ।

ति भाइ छोरा दुई बैनी छोरी जन्माई दिइन् ।

जेठि दिदि सिता भन्छन् माईली दिदि राधा ।

सबैजना खुशी थिए थिएन केही बाधा ।

महामारी कोरोनाले माइलो भेना खायो ।

हामि सबै आफन्तमा रुवाबासी छायो ।

जेठो भेना पैले गए दिदि हालै साल ।

कान्छी दिदि हुनु हुन्छ भयो बेहाल ।

धन सम्पति सबै सँग काठमाडौँ सबको घर ।

दुई बाट एक हुँदा कस्को मान्ने भर ।

कान्छी दिदि दुई भान्जा, पुस्कर र प्रकाश ।

चार भान्जी सम्पन्न छन् काठमाडौँ मै भकाअंश ।

जेठि भान्जी मैया भन्छौ माइलि भइन उसा ।

साइलि लाई निशा भन्छौ कान्छी भइन रोषा ।

जेठि दिदि नन्दलालकी कान्छी श्रीमति ।

छोरा छोरी १३ जना जन्माई दिईन अति ।

जेठा छोरा मात्रीमा हुन देशकै पाज्ञ भए ।

माइला भए मचीन्द्र चै ओकिल तिर गय ।

साईला भन्छौ टिका अनि काइलो पर्शुराम ।

व्यापार र समाज सेवा इनि दुईको काम ।

ठाइला भए पशुपति टाठा बाठा छन् ।

ठुला कान्छा निल कण्ठ ओकिल सुछमन ।

कान्छा भान्जा जनारर्दन बाउको बिढो थाम्ने ।

एउटा भान्जा सानैमा भय देउतालाई काम लाग्ने ।

जेठि भान्जी टाठि बाठि सोभा इन्को नाम ।

भक्तपुरमा बस्छीन यनि धार्मिक इन्को काम ।

माईलि भइन रमा इनि अमेरिका गईन ।

परिवार साथै लगीन पि आर वाला भइन ।

साईली भइन नरर्बदा सून्सकि भईन ।

काईली भन्छन बिमला हुन हेटौडामा गईन ।

कान्छी भईन सावित्रा चै पण्डीत्नी पो भईन ।

लेखको जेठो दाइलाई लिला विष्णु नाम ।

खोक्सेनिमै बस्नु हुन्छ पंडित गर्ने काम ।

माईलो मदन आफै भएँ भक्तपुरमा बस्छु ।

काम काज केहि छैन ठुला कुरा धस्छु ।

कान्छो भाई तेज प्रसाद अधिकृत भए ।

पेन्शन भयो फेरि उनि सहकारी गए ।।


000














No comments:

Post a Comment