खगेन्द्र पोखरेल |
गाउँका जिम्मल मुखिया तालुकदार र ठुलाबडालाई पनि हातमा ढोगी दिन्थ्यौं । दाजुभाउजू आफुलाई पढाउने गुरुहरुलाई नमस्कार गथ्र्याै । शाष्टाङ्ग दण्डवत गरिने मानिसलाई बाटामा भेटेमा हातमानै ढोगी दिन्थ्यौं । साथीभाईसंग हात मिलाउने चलन भर्खर प्रबेश गरेको थियो । मन्त्री हाकिम र कर्मचारीहरुलाई पनि नमस्कार नै चढाइन्थ्यो । म २०३० र २०३१ सालमा कक्षा ४ र ५ पढी घरमै बसे । मसंगका साथिभाइहरु माथिल्लो कक्षा पढ्न अन्य स्कुलमा पढ्न गएका थिए । म २०३९ सालमा कक्षा ८ पढ्न खोटाङ्गको छापडाँडा गए । पढ्दै जादा विद्यार्थी नेता र पार्टीका नेतासंग भेट भयो । म तिनीहरुवाट प्रशिक्षित भए । उनिहरुले थुप्रै पुस्तक वाँडे । अखिल छैटौं र पाचौंका केन्द्रिय अध्यक्षहरु सदरमुकाम आउदा जादा बस्ने ठाउ हामीहरुकै डेरामा थियो । त्यहाँँ थेरै भुमिगत नेताहरु आउने वस्ने खाने गर्थे । तिनीहरुले हामीलाई व्यवस्था परिवर्तनवारे कुरा गर्थे । हाम्रा विरोधीहरु को को हुन भनि सिकाउथे । जस्मा सरकार, पुलिस, प्रशासन र गाउँका ठुलावडा परिवर्तनका विरोधी र हाम्रा सुराकीहुन भन्ने सिकाइएको थियो । अव देखि हामीले ठुलावडालाई कहिलै शाष्टाङ्ग दण्डवत नगर्ने, हातमा नढोगीदिने र उनिहरुलाई नमस्कार गर्ने भन्नेकुरा त्यहाँ सिकियो । म पनि भित्र भित्रै आफु ठुलो क्रान्तिकारी भएको महसुस गर्न थाले । ८ कक्षा पास गरेर फेरी १ वर्ष पढ्न छोडे । मैले पढाई छोड्दा रुपाटारमा ८को स्कुल भयो । एक वर्ष खालीहुदा धेरै राजनितीक पुस्तकहरु पढ्ने मौका मिल्यो । एक वर्ष पछि कक्षा नौमा पढ्न रुपाटार गइयो । त्यस बेला जतनपुरवाट रुपाटार पढ्न जाने मात्र २२ जना थियौ । कखरा उतीर्ण गरेका सबैले कक्षा ८ र ९मा पढ्न पाए । हामी गाउँवेसी र विद्यालय जादाँ आउदाँ थुप्रै राजनैतिक रंगका कुरा पनि गथ्यौ । सबै साथीभाइहरुमध्ये म अलि धेरै राजनीति जानेको आफुलाई ठान्थे । पढाई पनि मेरै राम्रो हाकी जस्तो लाग्थ्यो । राजनीति पुस्तक पढ्नु परेमा जङ्गल जानु पथ्र्यो कि राती दियालो वा भाटा वालेर वाँस झ्याङ भित्र पढ्थ्यौ । हामी राजतन्त्र विरोधी, व्यवस्था विरोधी, माक्सवाद, समाजवाद, कम्युनिष्ट र समाज परिवर्तनका वारे अनेक कुरा गथ्यौं ।
एक दिनको कुरा हो । हामी रुपाटारवाट घरतिर जादै थियौ । वाटामा सल्लाह गर्यौ । अव देखि कसैलाई पनि शाष्टाङ्ग दण्डवत नगरिदिऊ । हातमा पनि नढोगी दिउँ । हामीले सिर दिदा कसैले हात तल राख्नु हुन्थ्यो कसैले माथि । हामीले सिरमाथि हात राख्नुलाई नराम्रो अर्थ लगायौं र नमस्कार गर्ने योजना बनायौं । हामी गफ गर्दै जाँदा माथिल्लो आदमाराको छोटी उकालिको चेपढुंगा नजिक पुगेका थियौ । कान्छो हजुरबा र निबुवाटारे राउत काका तलतिर आउदै गरेको देख्यौं । मात्रिका अगाडि थियो । उसले देख्ने वित्तिकै नमस्कार भन्यो । हामीले पनि धमाधम नमस्कार हान्यौं । हजुरबाले नमस्कार फर्काउनुको सत्ता हातमा टेकेको लौरो उठाउनुभयो । ल तिमीहरुको नमस्कार । ठाउँ अप्ठ्यारो थियो । तल तिर पहिरो र मालती घारी मात्रीका त्यतै हाम फाल्यो । हामी तितरवितर भयौ । कोही देब्रे तिर कोही दाहिनेतिर कोहि पछिल्तिर । अनि हजुरबा भन्दै हुनुहुन्थ्यो चोर कम्युनिष्टहरु १ पुलिस नबोलाई भएन ।
पश्चाताप
म २०५३ साल देखि पार्टीका कुनै कार्यक्रम र गतिविधिमा सहभागि भइन स्वतन्त्र बसे । मेरा साथी भाईसंग भेट हुने र कुरा कानी गर्ने सवै वानी छुटे । म एक्लिए । मलाई नेपालको राजनैतिक पार्टी प्रति मोह भङग भयो । मलाई निन्द्रा कम लाग्थ्यो । नेताहरुले जनतासंग गरेका वाचा सम्झिएर धिक्कार मान्थेँ । म कान्ती होइन शान्ति खोजी गर्न थाले । जसमा केहि अध्यात्मक दर्शन पढ्न थाले । त्यसमा पढ्दा आनन्द आएपनि सन्तुष्टि भएन । त्यसपछि ओशो दर्शन पढ्न थाले । ओसोलाई अध्यायन गरे पछि उनको पछिल्लो एक पुस्तकवाट म वाहिरिए । केही समय पछि विवेकानन्दका दुई वटा पुस्तकहरु पढ्े । कविर र व्रह्मानन्दका भजन चाहि त्यति राम्ररी बुझ्न सकिन ।
मेरो एक जना बुद्धिष्ट साथी थिए । उनिवाट बुद्ध दर्शनका धेरै पुस्तक पढ्न पाए । मलाई धेरै खुशी लाग्यो । पहिले पालि भाषामा लेखिएता पनि अहिले नेपालीमा पढ्न पाउँदा खुशी नलाग्ने कुरै भएन । बुद्धका चार आर्य सत्य साह्रै घतलाग्दा छन् । ती हुन –
संसारका सबै प्राणी दुखी छन् ।
दुख हुनको एउटै कारण छ ।
दुख निरोधक हुन सक्छ ।
दुख हटाउने उपाय गर्नु पर्छ ।
यसको लागि मानिस संयमित भएर खोजी गर्नु पर्छ । मलाई यो कुराले छोयो । यहाँ धनी गरिव, शिक्षित अशिक्षित, जीवजनावर, पशुपन्छि र वनस्पती कसैलाई पनि सुख नभएको कुरा गरिएको छ । मैले राजकुमार सिद्धार्थले गृह त्याग गरेको देखि प्रज्ञा भएको अवस्थासम्म पढ्ने मौका पाए ।
त्यस पछि म एक जना साथीको सम्पर्कवाट प्रेम रावत जीको शान्तिको सन्देश सुन्न थाले । जसवाट म प्रभावित भएँ । जसमा भनिको थियो । समयको राजा, समयको डाक्टर र समयको गुरु महान हुन्छन् । राजा वा सरकार पहिलेको राम्रो थियो भनेर हुदैन । राम्रो होस या नराम्रो अहिलेको सरकारसंग काम लिनुपर्छ । समयको डक्टरसंग काम लिनु पर्छ । पहिलेको राम्रो थियो भनेर रोग निको हुदैन । पुस्तक पढेर बाहिय ज्ञान मात्र प्राप्त हुन्छ । आन्तरीक ज्ञान प्राप्त गर्न, सन्तुष्टि प्राप्त गर्न र आनन्द लिन समयका गुरु चिनेर उहाँसंग उपदेश लिनु पर्छ भन्ने कुरा शान्ति सन्देशवाट जानकारी पाएर उपदेश लिएँ । जसवाट म सन्तुष्ट छु ।
बुद्धका दुई वाल साथी थिए । आनन्द र छन्दक । धेरै समय पछि ज्ञान प्राप्त गरेर सिद्धार्थ गौतम कपिलबस्तु फर्किए पछि उनलाई छन्दकले सोध्यो – ए गौतम तैले के पाइस र यसरी हिडेको ?
उनले उत्तर दिए –”म भित्र जे थियो त्यो पाएँ, जे जे मेरा हुन भनेको थिए त्यो सबै गुमाएँ ।”
त्यस्तै मानिसको सबै भन्दा ठुला सत्रु उसको अज्ञानता हो । पुस्तक पढ्ेर मात्र ज्ञानी बनिदैन । मैले सानै देखी आफ्ना हजुरवाहजुरआमा, ठुलावडासंग मान्नेजन नजिक गएर वहाँहरुले देखेको, सुनेको भोगेको, अनुभव गरेको कुरा प्रति चासो राखेर कुरा गर्न कहिल्लै पाइन । मलाई धेरै पश्चाताव भयो । मैले ठुलोहजुरवा देखिन हजुरआमा मात्र देखँे । माइलो हजुरवाहजुरआमा देखेँ । नजिक बसेर कुरा कहिलै गरिन । कान्छो हजुरवा पछि सम्म हुनुहुन्थ्यो । उहाँसंग लुटुपुटु गरेर कुरा गर्ने इच्छा जाग्यो । एक दिन यस्तै सोच्दै थिए । पुर्ववाट प्रेम दाई आउनु भयो र दुवैजना पहाड तिर लाग्यौँ । ठुलोमामासंग भेट गरेर खोस्सेली पुग्यौ । फर्किएर यारीवेसी आयौं । आफु उकालीओराली गरेको खेती गरेको पहिलेको यारी वेसी सम्झेर र अहिलेको यारी वगर देखेर एकछिन किमकर्तव्यवेमुढ भए ।
त्यपछि हजुरवाको घरतिर लाग्याँै । हजुरआमालाई टाढमा खाटमाथि बसेको देख्यौं । त्यहाँ पुगेर मैले शाष्टाङ्ग दण्डवत गरी दिए भने दाईले हातमा ढोगी दिनु भयो । मैले हजुरवा खै त भनेर सोधे । हजुरआमाले सुत्नु भएको छ भन्नु भयो । हजुरआमासंग केहिभला कुसारी गर्यौ । हजुरवालाई वोलाइ दिन आग्रह गर्यौ । हजुरवालाई हजुरआमालाई खगेन्द्र नाती आएको छ उठ्नुभन्नु भयो तर उहाँ उठ्नु भएन । हजुरआमाले तीन पटक बोलाउदा पनि हजुरवा उठ्नु भएन । म आफै भित्र गएर हजुरवालाई वोलाए पछि हजुरवा उठेर वाहिर आउनुभयो र खाटमा बस्नु भयो । मैले शाष्टाङ्ग दण्डवत गरे भने दाईले हातमा ढोगी दिनुभयो ।
बाहिर चार जना वसेका छौं तर कोहीसंग कोहि वोलेका छैनौं । हजुरवाले हालखवर सोध्नुहुन्छ होला भन्ने लागेको थियो तर त्यसो गर्नु भएन । मैले नै हजुरवासंग कुरा गर्ने कोशिसले वोलाए । हजुरवा–हजुरसंग भेट गर्ने ज्यादै इच्छा भएर आएको । हजुरसंग कति ठुलो ईतिहास छ । पहाड तिर घुमफिर गर्दा आफ्नो हजुरवाको नाम भन्दा पहिले हजुरकै नाम भनेर बास पाइन्थ्यो । हजुरसंग हाम्रो पुर्वजको ईतिहास छ । आज यी कुरा सवै सम्झेर भेट गर्न आएको हुँ । पहिले जे जति कुरा र व्यवहार भए ती सबै अज्ञानताको कारणवाट हुन गयो त्यसमा मलाई पश्चाताप छ । कसैले कसैलाई दुखी वनाएर दुखी हुनुभन्दा पनि मानिस आफ्नो अज्ञानताको सोचले दुखि हुन्छ भनेर मैले एउटा लघुकथा सुनाए आज प्रफुल्ल भएर कुरा गरौ है हजुरवा । यति भन्ना साथ हजुरवा मजाले हाँस्नुभयो ।
केहीवेर फेरी सन्नटा छायो । नाती ! अघि म किन नउठेको, उठेर पनि वाहिर आएर किन नवोलेको हुँला ? विचार गरिस त । मैले अहँ भनेर टाउको हल्लाएँ । हेर नाती तँ माओवादीको नेता बनेर धेरै मान्छे लिएर मसंग बदला लिन आएको होला भन्ने ठानेर म नउठेको, वाहिर आएपछि त्यस्तो कहि नदेखेकोले ”मैले समाजमा ककस्लाई के कस्ता राम्रा काम गरे भनेर सोचे । बल्ल सम्झिए यो बराल नातीको बुवाको जग्गा लाल विरे कामीले खानलागेको थियो मैले मिलाई दिएँ ।”
हेर नाती १ मैले तँलाई पनि राम्रो गर्न सकिन । मेरो छोराहरु छन तिम्रा काकाहरु राम्रो गर्नेछन् तर मैले यी कुरा पहिलेनै नठाउनु भनेको थिएँ । हजुरवाले एउटा शास्त्रीय लघुकथा सुनाउनु भयो । जुन थियो । उपदेश अघि र पछिको मानिस । हामी गफमा रहयौ । हजुरवा ज्यादै प्रफुलत भयौ । आमा र मेरी श्रीमति वारेमा सोध्नुभयो । मेरो बच्चा भएको थिएन । उहाँले तत्कालै एउटा बुटी पनि वनाएर हातमा थमाई दिनु भयो तेरो एक वर्ष पछि बच्चा हुने छन् । नभन्दै ?
०००
मानिस आफ्नाे धारणा अनुसार ज्ञान र शिक्षा दुवै कुरा लिन्छ । ज्ञानकाे व्यापकता छ । बुढा मानिसहरुसँग लामाे इतिहास हुन्छ । ज्यादै राम्राे लेख । म सम्मान गर्छु लेखकप्रति ।
ReplyDelete