Sunday, October 24, 2021

ज्योतिषको जित : डाक बहादुर खड्का , जमुना भट्टराई । (वैवाहिक उत्सब विशेष)

 १९९० को दसकमा उन्ले बनारसबाट ज्योतिष बिध्या सिकेको रे। चालीस हजार स्लोक मुखाग्र कण्ठ।ज्योतिष नन्दलाल पोखरेल थामखर्के।धेरै को चिनो कोरे। दिन दसा बिहे बर्तमन सबैको तिथिमिती तय गर्न्दिन्थे।मेरो जन्म थलो उदयपुरको रुपाटार हालको ताप्लि गाउँपालिका रुपाटार ।रुपा र टारको मिलन साच्चिकै सुन्दर छिन।सुनकोसीको काखमा बसेकी, पबित्र छिन। देशको इन्जिनियर डाक्टर यिन्ले धेरै जन्माकी छिन।प्राध्यापक भाशाबिद स्वर्गीय बालकृष्ण पोखरेल , नेपालको पहिलो प्रेस इन्जिनियर स्वर्गीय राम प्रसाद पोखरेल जस्ता छोरा जन्मेको मेरो जन्म भुमी साच्चिकै स्वर्ग भन्दा प्यारी छिन। आज यी शब्द कोर्दा यी स्रश्ठाको नामलिदा मेरो जन्म भुमी निकै पल्लबित हुने छिन। कुरो ज्योतिष नन्दलाल सित जोडिएको छ।जस्ले सामाजिक रूपमा सबैको मन जितेका थिये।सारो गाह्रोको सहकारी उनी भोलिको बारे पनि निकै ठोकुवा गरेर भन्थे।मेरो शिक्षाकोबारे उन्ले बोलेको फलले निकै आश्चर्य पार्यो मलाई ।इन्जिनिअरिङ्गको बिध्यार्थि म, सोच्न बाध्य बने। अब मलाई निकै बिश्वास लाग्न थाल्यो।सायद सबैको मनमा हुन्छ जीवनको एउटा बेलामा।जन्म बिबाह घर परिवारबारे सोच्ने।म पनि यो कर्म बाट पर रहन सक्दिन थे।असल सुस्कृत सुन्दर जीवन साथी पाउने रहर कस्लाइ नहोला र? अब फेरि उनै ज्योतिषको खाचो परो।मनले मानेन।कुरो बिसाउनै परो।भरखरै इन्जिनियर बनेको निकै फुर्ती आट।ज्योतिष लाई कुरो बिसाये।मुस्कुराउनु भो।केटा लगन त छोइन कुरो चै आधी बेहरी जस्तै चल्छ र टुंगिन्छ। कर्कट रासी रछस तेति सजिलोसँग त छोरी दिदैनन। एसै भन्नू भो।मन खङ्ग्रङ भो।फेरि यो रासीको के दोश नि सोचे।तर खै ज्योतिषले भनेको के भन्नू र ? मनमा झन बेजोड को बतास चल्यो।तर उन्ले अन्तिममा बोले तीस को ताका निकै सुस्कृत साथी मिल्नेछ धैर्य गर। अब पाच बर्स कुर्ने बनाये बुढाले।

का तीस कुर्नु हुदैन भन्ने लाग्यो। परिक्षण नै किन नहोस भनेर लागे ।जिन्दगी बिताउने आफुले हो आफैले हेर्नू पर्छ भन्ने नै थियो। इन्जिनियर पढदा सम्म कति देखियो।जो देखो तेहि मन पर्ने ।बेला उमेर नै तेस्तै।सायद सबैलाई एस्तै होला। निकै मन परे।तर मन परेका जति सबैलाई का माग्नु र।घर परिवार नाता गोता यिनै हुन्छन् माध्यम ।को काको कस्को छोरो।कति सम्पत्ति भको।होचो अग्लो।कालो गोरो आदि आदि नै हुन प्रश्न चै। मनले रुचाको चै थिइन एउटि।छेत्रीको छोरो किन डराउनु।आफै गये।सबै कुरो राखे।।तर ज्योतिष कै जित भो।खै पढने भन्छे छोरी एस्तै एस्तै भनेर बिदा गरे।पढाइ त मेरो पनि का सकियेको थियो र।ज्योतिषको भाका लाई पर्खने बिचार आयो।र पुल्चोक क्याम्पस को स्नातकोत्तरको लागि प्रवेश परिक्षा दिये। नाम पनि निस्कियो जलश्रोत इन्जिनियरिङमा।भर्ना लियेर पढन थाले।अब पढाईको चाप पर्यो।बिहेवारि घर जम ज्योतिष को पाच बर्स त के जिन्दगी भर नसोच्ने बनायो पढाईले।जसो तसो पार लाग्यो।अब चै भो पुग्यो पढाइ भन्ने नै लाग्यो।मानसिक सामाजिक सबै रुपबाट पुर्ण तयारी भैयो ।ज्योतिषको बर्श पनि आइ पुगेछ।कुरो धुम धाम चले चलाइयो।तर कतै कुरो मिल्ने छाट देखियेन।

पुर्वन्चल क्याम्पस धरान मेरो कर्म थलो।उप प्राध्यापक ।२३ बर्श पुग्यो। १३ जना क्याम्पस प्रमुख देखे।आफू पनि निमित्त क्याम्पस प्रमुख बने। मेरो निकै मिल्ने कर्मचारी साथी भद्र तामाङ।ए केटा बिहेगर्नु पर्छ।एउटा केटि छिन बिपि क्याम्प मा नर्सिङ अधिकृत हुन।बिहे गर्छ्स? यसरी नै बोले ।तर बाहुनको छोरी हुन् खै त छेत्री परिस दिदैनन होला तेहि पनि कुरो राखी दिन्छु भनेर हिडे।मन मा फेरि ज्योतिष नन्दलाल को कुरो खेल्यो।बुढाको कुरो अब आये जस्तो छ।सुस्कृत त भनेका थिये।कतै यिनै पो हो कि? मनमा सकारात्मक तरङ्ग आउन थाले।कुरो पनि राखेछन तामाङ्ग सरले। ल केटो कुरो राखेको छु भेट गर्नु पर्छ एक दिन भने ।अब म त्यो दिन को पर्खाइ मा पुगे।

बाहुन को छोरी नाइँ भन्दा पनि केही बिगृन्न।मानेनन भन्दा भै गयो नि के चिन्ता लिनु भन्नेमा पुगे।नभन्दै केटी शीत भेट गर्ने निम्तो आयो।भद्र सर र म उहाँको बाइकमा जाँदै थियौ।खै के बिचार आयो उहाको बिच बाटोमा पुगे पछि फर्किने कुरो गर्नु भो।छेत्रीको छोरो एस्तो काम चै गर्दैन गुरु भेट गरेरमात्र फर्कन्छ।अडान लिये।भानु चोकको कफि पसलमा भेट भयो ।गोरो बर्णको स्फुर्त लाग्ने।निकै सुन्दर । कफि पियौ। कुरो धेरै गरेनौं ।बिषय थाहा थियो । धेरै अन्तरबार्ता को जरुरी पनि थियेन। मैले निर्णय गर्नु भन्दा पनि निर्णय केटि कै हुन्छ्न भन्ने बिषयमा मलाइ राम्रो ज्ञान थियो ।

पछि परिवार को निर्णय अन्तिम हुने खबर आयो । खास घर इलाम बजार बसाई काठमाडौ ।काठमाडौ भेटन जानु परिवार लाई भन्ने खबर आयो। समयले मिलाको, मेरो इन्जिनियरिङ्गका बिध्यार्थिलाइ पुल्चोक क्याम्पस लियेर गयेको थिये ल्याब गराउन ।तेहि मौकामा मेरो काम पनि हुने जुरायो समयले। एस्तो काममा एक्लै जानू हुन्न दुई जना जानू भनेर घर फिर्नु भो मेरो पन्डित गुरु गोबिन्द न्यौपाने । गुरुको कुरो सहि लाग्यो।अब को साथी खोज्नु समस्या परो।नभन्दै जापान बाट आउनु भको मेरो साथी काजिराम कार्की भेट भो।उहालाइ केही नभनी छक्यायेर लगे जस्तो भो।केटिको परिवार मा पुगियो । कुरो भो।म भन्दा अब्बल देखिने साथी र म कुरो सुनेर बसेउ।धेरै कुरो साथीले नै बोल्नु भो ।लिटेरल्ली म भन्दा उहानै अब्बल हो।उहाको कुरोले माहोल रमाइलो बनायो। केटि पक्षलाइ उमेदवार उहाँ जस्तो लागेछ। पछि म आफैले उमेदवार चै म हो है कन्फ्युज नहोस भने।सबै हासे।रमाइलो भो।कुरो राखियो।बाहुन छेत्री को कुरा चल्यो।मलाई पनि सजिलो त लागेन।तर एउटा लडाइ लडेको होकि जस्तो योद्दा को अनुभुती भयो। लडाइ नहार्ने गरि प्रस्तुत भए । मेरो जित जो ज्योतिषी सित जोडिएको थियो। बाहुनको बुहारी बनेका मेरा फूपूहरु मेरो साहस बनेर आये।

कुरो छिनोफानो भो। दसैंको टीका नजिक थियो। धेरै लामो समय नराख्ने गरि टीकाको दिन उत्कृष्ट साईतमा हुने टुंगो लाग्यो। मलाई पनि सजिलो ।अलि प्रगतिशिल बिचारको म । अनावश्यक अनुत्पादक देखावटीमा प्राथमिकता नदिने मेरो बानी, सोच। साधारण तरिकाले हामी जीवन को साथी बनेको दिन २०६७ दसैं को टीका । मेरि जीवन साथी जस्लाइ कहिले देखेको सोचेको पनि थिइन।हाल त्रिभुवन बिश्वबिद्धालय चिकित्साकि उप प्राध्यापक जमुना भट्टराई । र हामी ग्यानी छोरि मानस्वी को मातापिता। लेखेको मिल्छ देखेकोले हुन्न भन्ने ज्योतिष नन्दलाल पोखरेलको अकाट्य ज्योतिष ग्यान। सबैको जय होस । स्वर्गीय ज्योतिष मा सदैब हार्दिक नमन।






No comments:

Post a Comment