Wednesday, March 16, 2022

“जुनसुकै बादलमा चाँदीको घेरा हुन्छ” – शारदा भट्टराई

हुन त उनी केवल नन्दलालमात्र थिएनन् । उनी ज्योतिष बाजे, थामखर्के, साहुबाजे र कान्छा बाजे पनि थिए । कुनै मानिसको पहिचान केवल जन्मदा जुराएको नामले मात्र हुन नसक्दो रहेछ । चीनारीको निमित्त उसले जिवनमा गरेका उल्लेखनीय काममा निर्भर रहँदो रहेछ । साच्चै उपल्लो तको पहिचान दिन सक्नेको त फराकिलो क्षेत्र अनि बग्रेल्ती उपनामहरु पनि पो हुँदो रहेछ । यी नाम उपनामहरु जोडिएर चर्चामा आएका व्यक्तिबारे बुझ्न र जान्नको लागि मानिस जिज्ञानु बन्दो रहेछ । 

उ कहाँ जन्म्यो होला रु उसको बाल्यकाल कसरी बित्यो होला ? उसले कहा पढ्यो होला ? उसको पारिवारिक बनोट कस्तो होला ? उसको जीवनशैली, खानपान, भेषभुषा, रहनसहन दैनिकी कसरी चल्यो होला ? उसले आफ्नो पहिचान कुन क्षेत्रबाट दिन सक्यो होला ? उसलाई गन्तब्यको उचाईमा पुग्न कती संघर्ष  गर्नुप¥यो होला ? यी सवै यावत विषयको खुल्दुली मानिसहरुमा स्वभाविक रुपमा हुने गर्दछ । यस्ता पहिचान दिनसक्ने व्यक्तिबारे बुझ्न खोज्नु र जिज्ञासा राख्नु आफैमा सकारात्मक कुरा पनि हो ।

अँ । जव नन्दलाल पोखरेलका छोरा पर्शुराम पोखरेलले मेरो नम्वरमा  फोन गर्छन् । थाहा पाउँछु । नन्दलाल पोखरेलको संस्मरण पुस्तिका प्रकाशन हुँदैछ । उनको आग्रह अनुसार मैले जाने बुझे र भोेगेको कुराबारे केही लेख्नै पर्छ । उमेरले धेरै तलमाथि भएपनि नन्दलाल मेरो कुनै समयका गुरु, छिमेकी र अभिभावक हुन् । मलाई लाग्यो । संस्मरण लेख भनेको साहित्य सिगार्नु र विचार तिर्खानु दुवै होइन । संस्मरण विषय त सम्बन्धित व्यक्ति प्रति लिखित रुपमा विगतमा भए गरेका कुराहरुको सम्झनाको पोको फुकाउनु हो । त्यसैले मैले पनि नन्दलालको निकट रहेर गरेको अनुभवबारे लेख्न मनासिव ठानेँ । 

मेरो बुझाइमा प्रकृतिको स्वभाविक नियम मुताविक र मृत्यु चलिरहेको हुन्छ । यही नियमलाई निरन्तरता दिँदै पिता कुल प्रसाद पोखरेल र माता ..............................बाट नन्दलाल पोखरेलले जन्मेका हुन् । यही स्वभाविक पकृतिक नियमलाई निरन्तरता दिने क्रममा नन्दलाल पोखरेलबाट थुपै्र सन्तान जन्मन पुगे । यो सन्तान जन्मने र जन्माउने कृयालाई कसैले पनि बहादुरीको रुपमा बुझ्न मानसिव हुँदैन । जहाँ सम्म जन्मिएर समाज र राष्ट्रमा पहिचान साथ बाँच्ने कुरा छ त्यो चाही बरु बहादुरी हो । यहाँ नन्दलाल पोखरेलसँग जोडिएका उपनामहरु – ज्योतिष बाजे, थामखर्के, साहुबाजे र कान्छा बाजे विशेषणहरु छन् । त्यो चाहि पानी सहितको बादलमा चाँदीको घेरा रहेछ भन्ने प्रतित हुन्छ । यो प्रतिकात्मक शिर्षक सरोकारवाला व्यक्तिसँग जोड्दा निश्चय पनि सान्दर्भिकनै हुन जान्छ । 

ज्योतिष बाजे

हो त्यही घर हो ज्योतिष बाजेको । जहाँ करिव १० धार्नीको घण्टी झुण्डाइएको जालपादेवीको मन्दिर नजिकै काँचोइटाले बनेको छ । अँ । पूर्व फकिएको बरण्डामा बसेर लेखिदिन्छन् । त्यस क्षेत्रका चिना सुतिकाहरु । भाग्य अभाग खुटयाउने, विहावारीको जुर अजुर पर्गेल्ने, घर घडेरीको निक्यौल गर्नेदेखी आयुको समेत ग्यारेन्टी गर्न सक्ने ज्योतिष बाजे हुन् उनी । काठको पाटीमा धुलौटो फिजाएर बाँसको छेस्काले कोरेपछि विस्तुर जाँदेन भन्छन्ः ज्योतिष बाजे कोबाट फर्कने जेठा माइलाहरु । अरु ज्योतिषले मिलाउन नसकेको बिहे कोनी कुन श्लोक बाँचेर सहजै जुराइदिन्छन् उनी । 

ज्योतिष बाजेसँग केवल ग्रहदशा खुट्याउने जनगणना मात्र छैन । उनीसँग मानिसको मनोविज्ञान बुझ्ने अलौकिक दक्षता पनि प्रवल छ । यदि केटा र केटी पक्षका कुटुम्बहरु मिलेर विहे गर्न साँचै इच्छुक छन् भन्ने लागेमा खड्गाष्टै परेको भएतापनि त्यसलाई मिलाउने श्लोक उनीसँग जगेडाको रुपमा विदमान छ । त्यससैलाई प्रयोग गर्छन र विवाहको वातावरण सहज बनाइदिन्छन् । उनी केवल मनोबैज्ञानिक मात्र पनि होइनन् । ज्योतिष बाजे व्यवहारलाई सूक्ष्म अध्ययन गरेर फलादी बताउँछन् । भाग र अभागमा एउटै र उस्तै ग्रह नक्षेत्र पर्न आएमा उसको कुल खान्दान सोची बिचारी फुलादी बताउँछन् । ठूलो कुल घरानाको भए राजाको सिन्दुर बाहिरिेने छ । तथामन्त्री सम्म पनि हुन सक्ने योग पुगेको छ भनिदिन्छन् । यदी त्यही ग्हन षेत्र परेको भए दुई चार गाउाको अगुवा हुने वताउँछन् तर त्यस्तै ग्रह निम्न वर्गकोमा पर्न गए टोलको नाइकेसम्म भइहाल्छकी भने अस्वस्थ पार्छन् । यो उनको ज्योतिष गणना भित्रको मनोवैज्ञानिक र व्यवहारिक चातुर्यता हो । त्यस भेगका ज्योतिष शास्त्रमा अन्योल परी निर्णय लिनु पर्दा अन्तमा उनको निर्णय नै सर्वमान्य हुन जान्छ । के कुरा गर्छस् तँ ? मैले नन्दलाल ज्योतिष बाजेलाई सोधेर आएको भनेपछि अरु ज्योतिषिले बोल्ने सम्म साहस गर्दैनन् । कस्तो अकाट्य निर्णय छ । ज्योतिष बाजेको कस्तो विश्वास छ उनको ज्योतिष क्षमता प्रति कति भरोसा राख्छन् उनको भनाइमा ? उनले लेखेका चिनासुतीका कसको घरमा छैन होला र अहिले पनि । 

ज्योतिष विद्या सिक्नको लागि ज्योतिष बाजेको ज्योतिष पाठसाला घर नै भने पनि हुन्छ । त्यो घरमा बसेर धेरैले ज्योतिष ज्ञान आर्जन गरेका छन् । मानौ ज्योतिष बाजेको घर गुरुकुल नै हो । त्यहाँबाट पाएको ज्योतिष शिक्षाले अहिले पनि उनका चेलाहरु गाउँ घरमा राम्रै ज्योतिष कहलाएका छन् । अतः नन्दलाल पोखरेल ज्योतिष शास्त क्षेत्रका बादल वरिपरि देखिने चाँदीको घेरा भन्दा हुन्छ । 

थाम खर्के

थामखर्के हिजो निबुवाटारबाट डिकुवाटरेका छन् । भोली उनको च्यास्मिटार पुग्ने कुरो छ । थामखर्के दुई–चार दिन वारी तर्दैनन् । उनलाई भेट्ने नै हो भाने २–२ दिन पर्खनौ पर्छ । यही चर्चा गर्ने गर्छन । उनलाई भेट्न चाहाना राख्नेहरु । हुनपनि महिनामा मुस्किलले एक दुई दिन घर बस्छन् थामखर्के । खाडीको दौरा सुरुवाल, खाडीकै टोपी, कपडाको जुत्ता र कालोजवारी उनको नियमित पहिरन हो । २–४ जना साइला माइला अगाडी पछाडी लगाएर हिड्नु उनको दैनिकी भन्नुपर्दछ । 

कुनै व्यक्रिलाई ठाउले स्थापित गरेको हुन्छ भने केही ठाउँलाई व्यक्तिको व्यक्तित्वले माथि  उठाएको हुन्छ । थामखर्कको पहिचान गराउने व्यक्ति अरुमध्ये थामखर्के नै अगुवा हुन् भन्नुमा साह«ै अन्याय नहोला । जव उनका पिता कुलप्रसाद पोखरेलले चार वर्षको बालक नन्दलाललार्य काखमा च्यापेर धापपानीबाट थामखर्क लगे र उनको बाल्यकाल थामखर्र्कमा बित्यो । परिवारसहित उनलाई लिएर थामखर्क जानुनै  भौगोलिक हिसाबले थामखर्कले अनुकुलता दिो भन्न सकिन्छ । उच्च भुभाग, फराकिलो ठाउँ, स्वच्छ हावा पानी, पनि मानिसको निमित्त मानसिक तथा शारिरिक स्वस्थताका लागि उपयुक्त हुन्छ क्यार रत वास्तुचक्र हेर्नेले धेरै कुराको ख्याल राखेका हुन्छन् । नन्दलाला धापपानीबाट थामखर्के सर्दैमा थामखर्केको पहिचान खुलेको होइन । जव राइटर कुल प्रसादबाट प्रारम्भिक शिक्षा पाए त्यसपछि हालको काठमाण्डौ (नेपाल) पढ्न गए । त्यहाँ बसेर के कती अधययन गरेर थामखर्क फर्किए त्यसपछि गरिएको क्रियाकलापको प्रभाव वरपर पर्न गयो । अनिमात्र नन्दलाल शब्दलाई उछिनेर थामखर्के भनिन थालियो । त्यसपछि धेरै जसो केटाकेटी र नुतन बुहारीहरुले नन्दलाल नचिनेर थामखर्के मात्र चिन्न थाले । 

थामखर्कको भुगोलको राम्रो पष भनेकै त्यस भेगको अग्लो ठाउँमा रहेको र त्यहाँबाट छिमेकी जिल्लाहरु खोटाङ, ओखलढुंगा, सोलुखुँबु, सिनधुली र भोजपुर जिल्लाहरु डाडाँमा बसीबसी देख्न सकिन्छ । थामखर्क आफै स्वयंममा पनि पर्यटकिय आकर्षण ठाउँ हो । यो भेगमा पर्ने ताप्ली पोखरी त अन्तराष्ट्रिय  पर्यटकिय स्थल हो नै । यदी राज्यले पर्यटनको अवधारणालाई महत्व दिनेहो भने भोली गएर ताप्ली पोखरी हुँदै महाभारत पर्वतको श्रृङ्खलामा पर्ने मनमोहक लेकाली नागीहरु, गुँरासका फुलहरु, त्यहाँबट देखिने हीमश्रृङ्खलाहरुको दृश्यावलोकन गर्दै थामखर्क पुगेर आनन्द लिने र त्यसपछि दक्षिण एसियाकै चर्चित हलेसी महादेव गुफातर्फ आकर्षित हुने ठाउँ थामखर्कबाट सुनकोशी र हलेसी केबुलकारद्दारा आवतजावत गर्न सकिने सम्भावनासम्म बन्न सक्दछ । 

जे होस् थामखर्कको भौगोलिक महत्व र भोलीको सम्भावनालाई हेर्दा थामखर्के बाजेले थामखर्कलाई पहिचान दिन जुन जग बसाले यो भोली गएर ऐतिहासिक पहिचान हुनेछ र यस चिनारीले निरन्तरता पाउनेछ ।

साहुबाजे

खडेरीले तातेको जमिन रा भरको पानीले चिसीएपपनि उसको मन चिसिएको हुदेन । साहु बाजे खोज्दै उकालो लाग्नु उसको काब्यता हो । त्यही चिसोमा दाउ छोपेर जसरी पनि मकै छर्नैपर्छ । त्यो हाल उम्कनु भनेको आफ्ना बालबच्चा भोकै राख्नु हो । अझ भनौ पेट कसेरमार्नु नै हो । 

साहु बाजे प्रायः घर बस्दैनन् । उनलाई भेट्न गाह«ै पर्छ । घरमा भएको एउटा गोरुले मात्र हलो तान्न मिल्देन । जे जस्तो भएपनि अर्को गोरु ल्याएर जोडी बनाउनै पर्छ । साहु बाजेका आठ–दश गाउँमा आसामी तैनाथ छन् । गएको सालको उठती र हालसालको लगानी सिजन अनुसार भैरहन्छ । आफुलाई आवश्यक पर्ने बस्तु माग्न साहु बाजे पुगेको ठाउँमा पुग्नुपर्छ । उनले यस सालको उठती र लगानी मेसो पाइसकेको छन् । खाँचो परेर जाने आसामीलाई कुन ठाउँमा कुन मालजाल बस्तु भाउ उठ्ने हो त्यसको लागि दिनु भनेर चिठ्ठी लेखिदिन्छन् । चिठ्ठी लिएर गएपछि यो साल बुझाउने आसामीले चिठीकै भरमा गोरु फुकाइदिन्छ । त्यहाँ लिने दिनेमा दलाल कारोबार हुन्छन् । उसले लगेर चिसो नसुक्दै मकै छरी भ्याउछ । यी साहु बाजे सजिला साहु मात्रै हुन् की असल पनि हुन् त्यो आसामीले पर्गेल्ने कुरा भयो । तमसुककै भरमा बेलामा कमाइ लाउन पाउनुलाई अन्यथा भन्न सकिदैन । 

साहुबाजेको लगाइ पनि नगदभन्दा जिन्सी मै ओहोर दोहोर बढी हुने गर्दछ । उनले उठाउने जिनीस आँखालाग्दा र रहरलाग्दा नभएपनि काम चलाउखाले भने अवश्य हुन्छन् । त्यस क्षेत्रमा उत्तिनै बनेको छ । जजमाने बाहुनलाई दान गर्ने चिज र नन्दलाल साहुलाई बुझाउने जिनिसले अर्को वर्ष टेक्न गाह«ै पर्छ जे होस् यी साहुकको घरमा पुगेर रित्तोहात लगभग फर्कन पर्दैन । स्वास्नी सुत्केरी उतार्ने धान, पिण्ड मुछाउने गाई, विवाह ओकल्ने लुगा देखी लिएर मर्दाको कृयाखर्च, घर व्यवहारमा चाहिने बस्तु दिएरै पठाउँछन् । यिनको थेगो जाइन्जोहाँ केह ीआसामी कुनै कारणवस् रित्तो हात फर्कनु पर्दा बाटामा दुखेसो खोख्दै अरुलाई उत्तर दिनछन् । जाइन्जो बाजेको घरमा पुगेर आएको कति दिन धाउनु पर्नो हो । वास्तवमा साहु बाजेको भित्री नाम जाइन्जो बाजे पनि हो । 

कान्छा बाजे

ढोग गरे, कान्छा बाजे । टाउको तत्रकक पारेर कान्छा बाजेको हतकेला मुनी निहुरिनछन्, जम्काभेट हुने वित्तिकै त्यस भेगका मानिसहरु अघिपघि परोक्षमा नन्दलाल ज्योतिष बाजे थामखर्के बाजे भनी संबोधन गरेपनि प्रत्यक्ष भेटमा भने कान्छा बाजेको संबोधन सहित अभिवादन टक्राउँछन् । हुन त कान्छा बाजेको हतकेला माथि र ढोग्नेको टाउको तल भएपछि ढोग्नेले देख्ने कुरा भएन तर कान्छा बाजे सँग हिड्ने द्रष्टाले भने अनुसार टाउको माथि राखेको हत्केलाको छुट्टा छुट्टै अर्थ रहन्छ भन्ने भनाइ छ । 

हुनत गाउामा कान्छा कति छन् कति । कोही कान्छा च्यासमीटारको उकालोमा टेकानटेकाइ रहेका छन् । कोही कान्छाहरु खाडी मुलुकमा छाला सेकाइरहेका छन्, कुनै कान्छा भारतको होटलमा वर्तन सफा गरिरहेका छन् । कान्छा हुँदैमा सम्मान र स्यालोट कसलेपो पाउको छ र ? सम्भवतः हाम्रा तिर कान्छा बाजे उनै हुन् जसलाई भेटेपछि हत्केलामुनी टनउको नलतारी मनले धरै दिदैन । 

मानिसले पाउने मान सम्मान, इज्जत–प्रतिष्ठानमा कारणहरु लुकेको हुन्छ । अकारण कसैले पनि मान र इज्जत पाएको हुँदेन । यहाँ काम बिनाको प्रतिष्ठा खोज्ले संस्कृति छ । यस्तो प्राविधिक प्रतिष्ठाले न स्थायित्व पाउँछ नत भावना गाँसिएको हुन्छ । त्यसैले अभिवादन सँगसँगै त्यसको स्रोत र कारण बुझ्न आवश्यक हुनछ । यहाँ कान्छा बाजेलाई गरिने ढोगभित्र विवध कारणहरुसँग जोडिएका छन्  । प्रथमत् राइटर कुल प्रसादका कान्छा छोरा र बाबुकै पभावले पनि थोरै महत्व पाएको छ । दोस्रो उनी स्वयंम त्यस भेगका ज्योतिष हुन् । उनले लेखेका चिना सुतीका त्यस क्षेत्रका प्रत्येकको घर घरमा रहेको छ । तेस्रो भनेको उनी सजिला साहु हुन् । जो न्वारनदेखी मृत्यु कर्म सम्मको खर खाँचो हारिदिन्छन् । चौथौ झगडीयाको हकमा पनि मुद्दा गर्ने मेलोमेसो सिकाउँदछन् । पाँचौँ भनेको उनका सन्तानको पहिचान पनि हो । कोही साहित्य क्षेत्रमा राष्ट्रियस्तरकै व्यतित्व बन्न पुगेका छन् भने कुनै न्यायालय तीर माथिल्लो तहको पहिचान दिन सपल छन् । अन्य सन्ततीहरुले पनि आ–आफ्नो विषयमा आफ्नो चिनारी बनाउँदछन् । यी सब कारणले गर्दा कान्छा बाजेको पहिचानले सार्थकता पाएको हो र अभिवादनको महत्व उजागर भएको हो । 

यी उल्लेखित विषयहरु नन्दलाल पोखरेलका आभुष्नण्न हुन् । यी विशेषतालाई बादलको वरिपरि हुने चाँदीजस्तो टलकने घेरासँग तुलना गर्दै सोही अनुरुप शिर्षक रोजिएको हो । हुन त कालो बादल घर्षण हुँदा यदाकदा चट्याङ परेर क्षति भएपनि समग्रमा पानी सहितको बादलले जमिनलाई निश्चयपनि रसिलो र उर्बर बनाइराखेको हुन्छ । 


000



No comments:

Post a Comment