Friday, May 15, 2020

स्मृतिका दुई थोपा - शान्ता पोखरेल दाहाल



स्वर्गवासी हजुरबाका नाममा एउटा पत्र 

बाँचुन्जेल  पनि टाढा टाढै भइयो। अहिले त हजुर कहाँ अनि म कहाँ उनै सृष्टिकर्ता एवम् संहारकर्तालाई थाहा होला ।  आफ्नो रगत न हो, जो जो जहाँजहाँ जुनजुन  अबस्थामा रहेपनि आत्मीय  माया र सम्बन्ध  झनै  गाढा हुँदो रहेछ ।  मलाई बडादशैँको नवमीका दिन  राडीमाथि राखेर  पुजा   गरि मीठामीठा मिष्ठान्न  खान दिएको अनि गोडा धोएर  नयाँ कपडा अनि  टीका लगाई दिएको,  दक्षिणा हतारहतार खुरुरु  कुद्दै  आमालाई देखाउँन आईपुग्थेँ ।  अहिले जस्तो  लाग्छ । सायद खस्कँदो उमेर भएर होला  उफ ! आँखा  रसाउँ छ ,छाती दुख्छ ,बोली अबरुद्ध  हुन्छ अनि  चारैतिर सन्नाटा छाउँछ ।  बालापनको यादले निकै पिरोल्छ  मलाई ।

                 मेरा  चारभाइ हजुरबाहरुमा  जेठो  कृष्णप्रसाद  नाममात्र सुनेको छु , माईल‍ो  भानुभक्त  सिधासाधा  हुनुहुन्थ्यो । गोरस  ( दुध दही ) मनपरनउने  भएकाले होला " ए नानी अलिकति  सेतो गोरस छ के" भनी  सोध्नु हुन्थ्यो । दहीमोही  बिनाक‍ो खाना सायद वहाँको मुखमा परेननै  होला । साइँलो   हजुरबा मिनप्रसादको माईलो छोरा नरनाथकि कान्छि छोरी म शान्ता पोखरेल  दाहाल  ।  साईलो हजुरबा झोंक्की  स्वभावको हुनुहन्थ्यो ।  मेरा चारभाइ हजुरबामध्ये   कान्छ‍ो हजुरबा   नन्दलाल पोखरेल । तपाईंले   सबभन्दा  गुणस्तरीय   जीवनशैलीसहित  आफ्नो  जीवनयापन गर्नुभयो  र हामीलाई  पनि तपाईंकै नामबाट  देसपरदेसमा  चिनिनका लागि  सजिलो भयो  । हामी त थामखार्के  नन्दलालका सन्तान  ।  वा !  क्या,  सान अनि ईज्जत् र मर्यादा । यो रबाफ् नितान्त  कसैको कुनैपनि साथ र सहयोगले  हामीले पाएका होइनौँ  । एकमात्र कान्छो हजुरबा तपाईंको खुबी  र क्षमताको कमाल थियो  ।  बा ! हजुरको जन्म  १९७० साल असार ११ गते भएर हजुर ९७ बर्षको उमेरमा २०६६ साल  असार २४ गते  यस  धराधामबाट आफ्नो  भौतिक शरीर बिसाउनु भयो । हजुरको बाल्यकालको  अबस्थामा  मलाई  कुनै जानकारी  छैन । मैले  हजुरबा  तपाईंको को बारेमा जानेसम्म केही स्मृतिहरु उल्लेख  गर्ने जमर्को गरेकी छु । 

                कान्छाबा तपाईंको जीवनशैलीमा  आफ्नै  मौलिकपन थियो ।  तपाईंको खानपानमा  नियमितता थियो । तपाईंलाई  दीर्घजिवी बनाईराख्ने एउटा ठूलो पानि तताउने  कित्लीभाँडो   दिनरात त्यही  मझेरीको खाँबो नजिकको अँगेनाको आगोमा  तातिनै रहन्थ्यो । बा  ! तपाईं त्यही  शुद्धीकरण भएको पानिमात्र खानुहुन्थ्यो । तपाईंले जीवनमा  हर कोहिसँग पनि  केहिकुरा मागेर काम चलाउनु परेन । यदा कदा सौखिन  चिजको   भने इच्छा  राख्नुहुन्थ्यो ।  तपाईं मृदुभाषि, स्थायॆ प्रकारको  जीवनशैली, सँधै राष्ट्रिय भेषमा रहने , जादुरुपि ब्यबहारशैलीले चिनिनु भएको ,  ब्यबहारिक  ज्ञान  र अध्ययनशील हुनुहुन्थ्यो  ।   तपाईं त वकिल  , ईन्जिनियर ,  डाक्टर,  बैध्य  ,  प्रशाशक , मानिसको  भुत , वर्तमान र भबिस्यबाणी   गर्न सक्ने  एउटा कुशल ज्वतिषी हुनुहुन्थ्यो  । बा, तपाईं घरमै रहेपनि वा बाहिर रहेपनि तपाईंका अघिपछी दुई चार जना मानिस अनिवार्य  रुपमा हुन्थे । बा, तपाईं  निदाउँदामात्र एक्लो हुनुहुन्थ्यो ।  तपाईं  बसेको , हिँडेको ठाउँको वातावरणनै आकर्षक  र मनमोहक एबं रमाइलो  हुन्थ्यो ।

धेरै मानिसले   तपाईंमा एउटा अलौकिक शक्ति छ भनेर अनुमान गर्थे  । तपाईंक‍ो हर कृयाकलाप नजिकबाट नियाल्दा ईश्वरको कृपा पाएको हो कि जस्तो  लाग्थ्यो । कहिलेकाहिं लाग्छ , बा  अहिलेसम्म भएको  भए म  कति अर्गानिक माया लिन्थेँ , अनि जीवनोपयोगी  ज्ञान र शिक्षा  । पूर्वजक‍ो खानदाङ  बाहेक केही पनि लिन सकिएन बा ! हजुरबाट ।  हजुर त श्रीखण्ड हुनुहुन्थ्यो , जसलाई बेलामा हामीले बुझ्ने सकेनौं । !  यसरी सम्झंदा  दु: ख लाग्छ । हजुरको भौतिक शरीर नरहे पनि  आत्मा  त अमर छ । म धर्मशास्त्रमा बिश्वास  गर्छु । हजुरको अन्तिम श्रद्धाञ्जली  दिन नपाए पनि हिन्दूशास्त्र  अनुसार  बिहान ब्रम्ह मुहुर्तको उषाकालमा उठेर न्वाइ ध्वाइ गरि  ताम्र पात्रबाट मेरा पुर्बजहरुलाइ नाम र गोत्र उच्चारण गर्दै जल अर्पण गरिरहेकी छु । देवता दिने , पितृ हर्ने भन्छन्  म त जानकार छुइन तथापि  पितृलोकमा रहने  मेरा पुर्बजसँग सँधै आशीर्बादको अपेक्षा गरिरहन्छु ।  


उही हजुरकी नातिनी 
-------------------------
शान्ता पोखरेल  दाहाल 
त्रियुगा नगरपालिका वडा नम्वर , ३ 
उदयपुर गाईघाट मोतिगडा 
मोवाइल नम्वर : ९८५२८३५२६६ 




No comments:

Post a Comment