Wednesday, September 27, 2023

मेरो दृष्टिमा नन्दलाल पोखरेल - इश्वर बस्नेत




जिल्ला उदयपुर साविक ठानागाउँ गा.वि.स. वडा नं. ४, हालको  ताप्ली गा.पा. ४,थामखर्क स्थायी निवासी, वि.स.१९७० साल असार महिनामा जन्मनुभएका स्वर्गीय नन्दलाल पोखरेलको स्मृतिको अवसरमा वहाँको व्यवहारिक पक्ष, बौद्धिक  पक्ष,सामाजिक पक्षमा केही कुराहरु उठान गर्न मन लाग्यो  ।

समाजमा रहेका सवै आर्थिक स्तरका मानिसहरुसँग समानरुपले व्यवहार गर्ने बानी असाध्यै व्यवहारिक पक्ष थियो । राणाकालिन निरकुंस शासन व्यवस्थामा पनि ज्योतिषशास्त्रमा ४ पासा उतीर्ण गरेको कुरा मैले जानकारी पाएको थिएँ । त्यो समयमा ४ पासा उतीर्ण गर्नु चान्के चुन्के कुरा थिएन । तर नेपालको पूर्वी पहाडी ग्रामिण क्षेत्रमा ४ पासा पास गर्नु आफैंमा,समाज र राष्ट्रको लागि अत्यन्तै महत्वपूर्ण व्यक्तित्व मानिन्छ ।

ज्योतिषशात्रमा नेपाल र बनारसमा अध्ययन गर्नु भएका शिक्षित र हुनेखाने परिवारका स्वर्गीय नन्दलाल पोखरेल तिक्ष्ण दिमागी व्यक्तिन्व, सामाजिक तथा समुदायिक अगुवा, कानूनी विज्ञ, चिनासुतिका, जन्म कुण्डली, विवाहब्रतबन्ध, पुराणजस्ता ज्योतिषसम्वन्धी सम्पूर्ण कार्य निपूर्णता पूर्वक कार्य सम्पादन गर्न सक्ने सक्षम कला र ज्ञान भएका सामाजिक अभियान्ताको आज जति कुरा गर्दा पनि अपुरो र अधुरो नै हुन्छ । 

तीन चार गा.वि.स.(ठानागाँउ,रुपाटार, बारा, बुत्कु र ताम्लिसा.)का अगुवा,जनताका लोकप्रिय समाज सेवी,सहयोगी,चतुर,सहजीकरण गर्न सक्ने योग्य व्यक्तित्व स्वर्गीय नन्दलाल पोखरेल   त्यस क्षेत्रको चम्किलो ताराको रुपमा स्थापित हुनुहुन्थ्यो । सामाजिक कार्यलाई आफ्नो व्यक्तिगत स्वार्थ त्यागी सामाजिक सेवामा अहोरात खट्ने स्वर्गीय नन्दलाल पोखरेल विक्रम सम्वत २०६६ असार २४ गते ९६ वर्षमा यस पृथवीबाट सदाको निम्ति अस्ताउनु भयो । नाताले मेरो ठुलो बुबा स्वर्गीय नन्दलाल पोखरेलको सामाजलाई गर्नु भएको योगदानको उच्च मूल्याङ्न  तथा सम्झना रही रहेको छ ।


000




No comments:

Post a Comment