सीताप्रसाद पोखरेल |
म करिव २०२०/२१ साल सम्म नियमित रुपमा थाम्खर्कमा रहेहुँला । त्यसवेलाको वुवाको सम्झना र मेरो जन्मभुमी कागतिको वोटको सम्झना अहिले पनि मेरो मानसपटलमा अत्यधिक आउँछ । मेरि आमा डम्वरकुमारी म करिव एक वर्षको हुँदा स्वर्गारोहण हुनु भएकाले पनि मेरा वाल्यकालका यी दुई कुरा वढी सम्झनामा रहेका होलान ।
बुबा औसत रुपमा आधा समयमात्र घरमा रहनुहुुन्थ्यो । आसामी तहसिलको काममा घर बाहिरतिरै धेरै रहनुहुन्थ्यो । उदयपुर जिल्लामा रहँदा रुपाटारमा भक्तबहादुर ज्यू ठकुरी (कान्छो वुवा) को घरमा, निबुवाटारमा (भिमबहादुर राउत) राउत भिनाजुको घरमा प्रायजसो बस्नुहुन्थ्यो। हाम्रोघरमा बुबा रहँदा थुप्रै पाहुना हुन्थे । बुबा घर बाहिर रहँदा पनि बुबाको साथमा थुपै मानिसहरु हुन्थे । बुबा बसेको ठाउँमा साथमा बसेको मानिसलाइ पनि खाना खुवाउनु पर्थ्यो । बुबा र उहाँको साथमा बसेका मानिसहरु सहितलाई खाना खुवाउने खर्चको ब्यबस्थापन कसरी हुन्थ्यो मैले थाहा पाइनँ ।
प्रत्येक वर्ष हिउँदको सिजनमा खोटाङ जिल्लाको च्यास्मी, पिपचाही,ओफलाङ कदुवा, भुम्जु डिकुवा तुइमु लगाएत क्षत्रको आसामी तहसिल गर्न एक महिनाको भ्रमण गर्नु हुन्थ्यो । एक दुई पटक त्यस्तो भ्रमणमा छु । वुवाले नियुक्ति गरेको कारबारी गैह्रिगाउँको एक जना मल्ल र हण्डरे भन्ने दाई हुनुहुन्थ्यो । मल्ल ज्यू, मानवहादुर ज्यू ठकुरी र बुबा अक्सर सँगै हिड्नुहुन्थ्यो । त्यस समयमा वुबालाई आतिथ्य सत्कार गर्न होडवाजी नै हुन्थ्यो । खाना खुवाउन होडवाजीको लोभ कर्जा नै रहेको हुन्थ्यो र खाना खुवाउने परिकारमा खास गरि खसि वोकाको मासु, केरा मह आदी हुन्थे । खासगरि पिपचाही च्यास्मी गरिबीले व्याप्त ठाउँ भएको हुँदा काहि नून बेसार मसला त काहीं चामल नपाएर खाना खुवाउन समस्या परेको देखिन्थ्यो । खानाको परिकार हेर्दा क्षत्री बाहुनको घरमा भेज दहि,दुध,घिउ ) को प्रधान्यता रहन्थ्यो भने राईहरुको नन भेज माछा मासु वढी खुवाउथे खाना राम्रो खुाउने भएकाले पनि होला खानाका प्रिय मान बहादुर ज्यू वुवाको हिउँदे भ्रमणमा सँगै रहनुहुन्थ्यो । वुवाको सानो आहारा थियो र मिठो नमिठो भन्ने पनि केहि थिएन ।
बुबा अरुलाई खाना नखुवाई आफू खाना खानुहुन्नथ्यो । थाम्खर्कमा त यो नियम तोडेर बुबालाई खान दियो भने रिसाएर खाना खानुहुन्नथ्यो । मैले सम्झे सम्म बुबा घरमा रहेको वेला ५/७ जना पाहुना औषत रहन्थे र बुबा वाहिर हिडेकाबेला पनि त्यति संख्याका पाहुना हुन्थे ।
उदयपुर जिललामा पनि सोरुङ वुत्कु, भाते वलम्ता तिर वर्षमा एक पटक वुवा जानु हुन्थ्यो ।त्यमे यात्रा पनि करिव एक महिनाको हुन्थ्यो ।
तत्कालिन समयमा सबभन्दा साना र टुहुरा मेरी दिदी गोमा र म थियौँ । बुबा घर आएपछि बुबाको पछि लागथ्यौँ ।बुबाको जवारी कोटको खल्तिमा कहिले मिश्री, कहिले सखर,कहिले केराको कोसा, सुन्तला अम्बक, हुन्थ्यो झिकेर दिनुहुन्थ्यो रमाउदै खान्थ्यौँ । त्यस्तो खाने कुरामा अरु भन्दा प्रथमिकता पाउथ्यौँ । खेल्न आहालमा पौडी खेल्न जान नियन्त्रण हुने भएकोले बुबा आए पछि मलाई अति दिक्क पनि लाग्थ्यो । बुबा घरमा हुँदा मलाई नपढी बस्न दिनुहुन्नथ्यो । अड्डा अदालतका कागज तमसुक लेख्न धार्मीक किताव पढ्न र ज्योतिष पढाउनुहुन्थ्यो । बुबालाई अड्डा अदालतको काम र ज्योतिषको राम्रो ज्ञान थियो ।
बुबाले सँधैँ मलाई पढ्न प्रेरणा दिनुहुन्थ्यो । बुबालाई चाणक्य नीति, विदुर नीति आदिका धेरुै श्लोकहरु कण्ठस्त थिए । बुबाले त्यस समयमा गुनगुनाएका श्लोकहरु सुनेकाले अहिले त्यस्ता थुप्रै श्लोकहरु मलाई पनि आउछन । धार्मीक कितावमा सुखसागर बुबाकाु मन पर्ने ग्रन्थ थियो । त्यसमा पढेका राम्रा राम्रा कथा सुनाएर हामीलाई अनेक अर्ति उपदेश दिनु हुन्थ्यो । साँच्चै भन्नु पर्दा बुबा वाट १०/११ वर्षको उमेर सम्म मैले जे शिक्षा पाएँ त्यसैमा मेरो शिक्षामा वास्तविक पूर्णविराम भयो होला । अलि अलि अंग्रेजी भाषाको ज्ञान लिएको वाहेक अरु शिक्षाको स्तर बढेन । व्यापार उच्च पेशा हो भन्ने वुवाको स्वमुल्याङ्कन थियो तापनि बुबाले त्यसको अनुशरण गर्नु भएन ।
बुबा अर्काको दुःख देख्न सक्नुहुन्नथ्यो । कसैको घरमा आगो नबलेको थाहा पाउनु भयो भने जसरी पनि खाने चिज वस्तु पठाउनुहुन्थ्यो । कहीं मानिस मरेमा, तथा विवाह व्रतवन्ध परेमा सम्पूर्ण खर्च वर्चको जेहो गरिदिनु हुन्थ्यो । विवाह व्रतवन्धको साइत देखि लिएर खर्चवर्चको जोहो सम्म गर्ने कामको जिम्मा बुबाकै हुन्थ्यो । थामखर्के कान्छा बालाई भने पछि हुन्छ भन्ने धारणा राख्ने मानिसहरुको वाहुल्यता थियो र बुबाले मद्दत पनि गर्नु भएको कुराको ताजा स्मरण छ ।
बानेश्वर, काठमाण्डु
मो नं ९८५१०३९५७२
No comments:
Post a Comment